दाङ / नेपाल निजामती कर्मचारी संगठन दाङले सहिदहरू मनोज, झपेन्द्र र सुरेन्द्रको स्मृति दिवसको अवसरमा दाङ जिल्लाभित्र रहेका कक्षा ९ देखि– कक्षा १२ मा अध्ययनरत विभिन्न विद्यालयका विद्यार्थीहरू बीचमा मा. वि. स्तरीय खुल्ला कविता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल निजामती कर्मचारी संगठन दाङको आयोजना तथा राप्ती साहित्य परिषद् दाङ शाखाको संयोजनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

नेपाल निजामती कर्मचारी संगठन दाङ शाखाका अध्यक्ष शेरबहादुर के.सी.को अध्यक्षता तथा राप्ती साहित्य परिपद्का निवर्तमान अध्यक्ष तथा संरक्षक पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा सम्पन्नको भएको कार्यक्रममा दुई दर्जन कविहरूले प्रतियोगितामा सहभागी जनाएका थिए ।

कार्यक्रममा छानिएका टप टेनमा पर्न सफल प्रतियोगी कविहरूलाई मात्र कविता वाचन गर्न दिइएको थियो ।

उक्त कार्यक्रमा गोर्खा बोर्डिङ स्कुलका आयुष देवकोटा प्रथम, जनकल्याण स्कुलका विक्रम वली द्वितीय, माउन्ट भ्यू बोर्डिङ स्कुलका अतिसा पोख्रेल तृतीय तथा दीपशिखा बोर्डिङ स्कुलका स्वेच्छा योगी सान्त्वना भएकी थिइन् ।

सो कार्यक्रममा राप्ती साहित्य परिषद्का अध्यक्ष टीकाराम उदासी, घोराही उपमहानगर पालिकाका प्रशासकीय प्रमुख भोजराज घिमिरेले पुरस्कृत कविहरूलाई बधाई दिनुभएको थियो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा (समीर) संयोजकत्वमा डा. गोविन्द आचार्य, कवि यक्ष बहादुर डाँगी निर्यायक मण्डलमा रहनुभएको थियो ।

सो कार्यक्रमा साहित्यकारहरू यम रेग्मी, हरिप्रसाद पौडेल (स्वर्णशिखा), वीणा रोका, धनसिंह गिरी, श्रवण नेपाली लगायतका कविहरूले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सुरेश शर्माले गर्नुभएको थियो ।

दाङबाट यम रेग्मीको रिपोर्ट