
रोचक घिमिरे भन्नेबितिकै मलाई रचनाको भैरव अर्याल विशेषाङ्कको स्मरण हुन्छ । २०३७ सालमा निस्केको त्यो भैरव कृति खण्ड र भैरव स्मृति खण्ड । सानैदेखि साहित्यमा रुचि लिने भएकोले होला भैरव अर्यालको अकाल मृत्यु बरणले म स्तब्ध भएका थिएँ र उनीबारे धेरै भन्दा धेरै जानकारीको खोजीमा थिए। रोचक घिमिरेको अन्तरङ्ग मित्र र सहकर्मी भएकोले होला निकै मेहनतले निकालेको रचनाको दुई अंक मेरो लागि निकै लाभदायक भयो। रचनामा लेखिएको अर्यालका सहकर्मी र अन्य लेखहरुको लेखहरु र उँहाले लेख्नु भएको लेखहरुले भैरव अर्याललाई नजिकबाट बुझ्ने अवसर पाए। भैरव अर्यालको साहित्यिक पाटो संगै उँहालाई हाकिमबाट भएको शोषण, स्वरको समस्या, जर्मनमा औषधि मुलो आदिको जानकारीले अर्यालको जीवनलाई बुझ्न सहयोग गरेका थिए। तर रोचक घिमिरे र रचनाको महत्ता भैरव अर्याल विशेषाङ्कमा मात्र सिमित छैन । साहित्य कर्म गर्नु र साहित्यिक पत्रकारिता गर्नु बेग्लाबेग्लै विषय हो । तर दुवै कर्ममा लगनशील भएर लाग्नु झन् गाह्रो कुरा हो ।
रोचक घिमिरे यस्तो दुर्लभ व्यक्तित्व हो जस्ले दुवैलाई आफ्नो कर्म क्षेत्र बनाए। सरकारी र संस्थागतरुपमा निस्किने पत्रिकाहरुलाई निरन्तरता दिन हम्मे हम्मे पर्ने हाम्रो समाजमा आफ्नै लगानीमा पत्रिका निकाल्नु ठुलो साहस र दृढता चाहिन्छ। उत्तम कुँवरको रुपरेखा, नरेन्द्रराज शर्माको अभिव्यक्ति, रोचक दिमिरेको रचना, प्रवासबाट दियालो, वैशालु, उदय आदिले नेपाली साहित्यिक पत्रकारितालाई टुलो टेवा दिंदै आएको छ। अझै निरन्तरताको कुरा गर्दा रचना र अभिव्यक्ति अग्रपङ्क्तीमा आँउछ ।
२०१८ सालदेखि निरन्तररुपमा प्रकाशित हुँदै आएको रचना सायद रोचक घिमिरेको पर्याय हो भन्दा अतिशयोक्ति नहोला । पछिल्लो समय रचना समयानुसार डिजिटल स्वरुपमा गएको छ। यसलाई अनलाइनमा पनि पढ्न सकिन्छ । पुराना मुन्द्रणमा आएको नेपाल साहित्यिक पत्रिकाहरु कमै मात्रमा अनलाइनमा पढ्न पाइन्छ । यसमा रचना र अभिव्यक्ति अपवादमा पर्छ । साहित्यिक पत्रकार सङ्घको अध्यक्ष समेत भएर योगदान दिनु भएका घिमिरे सरकारको उदासिनतामाथि व्यङ्ग्य गर्छन् साहित्य प्रतिष्ठानले आयोजना गरेको ‘साहित्यिक पत्रिकाका भावी रणनीति र स्थायित्वका आधार’ विषयको गोष्ठीमा, “नेपालका राजनीतिक परिवर्तनमा पनि योगदान गरेको साहित्यिक पत्रकारितालाई राज्यले उपेक्षा गर्न मिल्दैन । साहित्यिक पत्रकारिताले जहिले पनि समाजमा चेतना बृद्धि गरिरहेको छ तर यस्ता पत्रिकालाई वितरणका लागि विश्वसनीय निकाय र संयन्त्रको अभाव खड्किएको छ ।”
रोचक धिमिरेको रचनाको धेरै अङ्कहरू पढ्ने अवसर पाए तापनि उँहालाई सुन्ने अवसरचाँहि भृकुटिमण्डपको पुस्तकालायमा करिब एक वर्षअघि मौका पाएको थियो । भैरव विशेष त्यो सृजना संवाद गोष्ठीमा रोचक घिमिरेले भैरवको अनेकन पाटाहरूमा बोलेका थियो । त्यही गोष्ठीमा घिमिरेज्युले भैरव अर्यालको विशेषाङ्कलाई शाश्वत व्यङ्ग्यशिल्पीको नामकरण गरी पुस्ताकारमा निकालेको चर्चा गरेपछि विस्मृतिमा गइसको त्यो दुई अंकलाई पुन पढ्ने अवसर पाए । रोचक घिमिरेको योगदानको चर्चा जति गरे पनि कमै हुन्छ। उँहाको दिर्गायु र सुस्वास्थ्यको कामना गर्दछु।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 









