साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फोटो कथाः चित्रकार रोशनको लक डाउन फोटोग्राफी

Chovar Blues Mobile Size

– रोशन भण्डारी

म पेशा र प्यासन दुवैले चित्रकार, क्यानभास नै मेरो संसार । तर होइन रहेछ । एउटा कलाकारलाई, अझ चित्रकारलाई भन्छु, एउटा विधाले मात्र बाधेर राख्न सक्दैन रहेछ । क्यानभास भनेको केवल चार कुने चित्र कोर्न आकृतिमात्र पनि होइन रहेछ । मलाई लाग्छ, जहाँ जहाँ चित्रहरु बन्छन् ती साराका सारा क्यानभास हुन् । सबैभन्दा ठूलो क्यानभास त हाम्रो मन र मस्तिष्क पो हो । 

लक डाउनले एकाएक दैनिकी बदलिदियो । सुन्दर, कुरुप चित्रका लागि मेरो पर्खाईमा रहेका क्यानभासहरु आर्ट स्टुडियोमै कैद बने । म घरमा कैद बनेँ । तर जहाँ जे कैद बनिरहँदा पनि एउटा कलाकार भने कहिल्यै कैद नबन्दो रहेछ । म आर्ट स्टुडियोमा क्यानभासहरुमा कुची चलाउँथे, अब घर, छतको करेसाबारी र खुल्ला आकाशरुपी क्यानभासहरुमा क्यामेरा चलाउन थालेँ । र तस्बिरमा उतार्न थालेँ चराचुरुङ्गी, पुतली–माहुुरी र त्यही पुतली माहुरी रहदम घुमिरहने फूलहरुका सुन्दर चित्रहरु क्यामेराको क्यानभासमा ।

मलाई फगत चरालाई चित्र उतार्नु छैन । सधैँको भँगेरा पनि अहिले किन यतिका महत्वको लागेको ? तिनीहरुका हर्कत र एकआपसको प्रेम किन यतिका अद्भूत ? फूल तथा बोटविरुवाहरु कसरी हरदम मुस्कुराइरहन सक्या ? हामीलाई लक डाउन लाग्दा यिनीहरुलाई किन नलाग्या ? यी बस् प्रश्न हुन् । तर मैले क्यामेरामा कोरेका तस्बिरहरुमा यी सारा प्रश्न उत्तर चित्रित पाउँछु । बस्, बताउन वा लेख्न सक्दिनँ ।

फर्सीका मुन्टाहरु छतमै घुङ्ग्रिएका छन् । पहेँला फूलहरु फूलेका छन् । लेडी यामकुमारी अर्थात् मेरी ममीले मलाई जस्तै तिनीहरुलाई माया गरेको अजीव लाग्छ । जेन्टलमेन जयराज अर्थात् बुवाले मलाईझैँ टमाटरलाई गोडमेल गरेको देख्दा सबै दाजुभाइ र दिदी बहिनी लाग्छन । अहिले म आफैँलाई बिर्सेर हरेक एक चीजलाई प्रेम गर्न थालेको छु ।

प्रकृतिको बारेमा बहुत सुनेको थिएँ । पढेको थिएँ । अहिले काठमाडौँमा एउटा घर छ, घरको एउटा छत छ, छतमा एउटा करेसाबारी छ, करेसाबारी मेरो प्रकृति छ । मेरो खुसी छ । बुवा र ममी पनि करेसाबारीमा टहलिरहनु हुन्छ । त्यही छतमा मेरो संसार छ । मेरो त्यही संसारका तस्बिरहरु तपाईँका लागि । आउनुहोस्, एकपटक मेरो संसारमा तपाईँ पनि डुलिहेर्नुहोस्;

sagarmani mobile size

प्रतिक्रिया
Loading...