बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।
बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।
बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।
बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमापरम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।
बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।
बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई
प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिकाविविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाईप्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ रसमर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहितप्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरूप्रकाशनका लहरमा छन्। साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-१२ मा बाछिटाअभियन्ताहरू नरबहादुर साउद, छत्रपति दाहाल, लक्ष्मीनारायण जोशी, बाबुराम न्यौपाने रशोभाराम ओलीका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य अभियन्ता तथासर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरूसङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटाप्रकाशनमाला आरम्भ गरिएको हो।
पाँच दर्जन बाछिटा
१. नरबहादुर साउद
पिरमा
पीडा प्रकोप
शिरमा
हरियो
घाँसमा बैंस
भरियो
वर्षामा
कृषक कर्म
हर्षमा
कोरोना
कालको दूत
बिलौना
मन्त्रीमा
स्वार्थको खेल
रात्रीमा
मिथिला
विहारी घाम
शिथिल
घडेरी
सुखा अभाव
खडेरी
गोठको
जुनी कलेटी
ओठको
उखेल्नु
द्वेषको झार
हो नेल्नु
धानको
पोषकशक्ति
ज्यानको
तराई
सुवर्णभूमि
बसाइ
उजाड
दुखी मनको
पहाड
~~<<>>~~
२. छत्रपति दाहाल
विज्ञान
शिखरयात्रा
सोपान
जीवन
फूलको थुङ्गा
समान
दर्शन
प्रभाती लाली
किरण
सङ्घर्ष
जीवनधरा
आदर्श
प्रीतिको
पुष्पित बाग
रीतिको
किसान
कर्मणाकला
निशान
नश्वर
धराको कर्म
ईश्वर
विश्वास
चिसोमा तातो
निश्वास
दर्पण
ललित दृश्य
अर्पण
पुसको
न्यानो प्रणय
सुखको
सुखको
शीतलपन
रूखको
आचार
आदर्शज्योति
अपार
~~<<>>~~
३. लक्ष्मीनारायण जोशी
शहर
अनन्त आँधी
कहर
कोपिला
किशोरीपन
रूपौला
भरोसा
उज्यालो आश
निराशा
सहारा
फूलको साथी
भमरा
सुन्दर
रूप पुष्पित
मुहार
बर्साद
वेदनामूल
निषाद
मायाको
शीतलपन
छायाको
आखिर
यन्त्रणा औंसी
तिमिर
माटोमा
अडेको जुनी
आँटोमा
कथ्यको
सतत: गति
सत्यको
अगाडि
आयुको गति
पछाडि
माथमा
झुल्केको घाम
माथमा
~~<<>>>~~
४. बाबुराम न्यौपाने “उत्स”
धरती
सभ्यता बिम्ब
प्रकृति
नेपाल
सुवर्णभूमि
कमाल
जीवन
बोटको फूल
यौवन
सन्तति
सृष्टिको ज्योति
उन्नति
चिन्तन
अमूर्त बिम्ब
लेखन
मानव
कुकर्म पथ
दानव
शासक
उन्नतिज्योति
बाधक
हृदय
भावना धाम
आलय
शहर
भौतिक मोह
कहर
मोहक
निश्छल मन
चहक
यौवन
शीतको थोपा
जीवन
हिमाल
इमान छटा
विशाल
~~<<>>~~
५. शोभाराम ओली
शोभित
प्रेम पुष्पित
मोहित
सम्झना
काँडा मनका
वेदना
ढलान
विचार बिम्ब
अडान
बालुवा
चिस्यान कर्म
पालुवा
नजर
पुष्प लालिमा
अधर
किसानी
कर्म श्रमको
निसानी
गरिमा
शिखर शान्त
प्रतिमा
आशय
फलित बाली
निश्चय
सम्झना
जुनेली रात
कल्पना
आश्रित
वायुमा आयु
मिश्रित
तिहार
फूलको बाग
विहार
सम्पत्ति
चरम सुख
विपत्ति
~~<<>>~~
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।