
बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।
जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।
बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।
बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।
बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमापरम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।
बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।
बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई
प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिकाविविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाईप्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ रसमर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहितप्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-२५ मा सीता शर्मा शीत,सुस्मिता नेपाल,कल्पना दाहाल, सुशीला ढुङ्गाना अधिकारी र कमला देवकोटाका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछिअन्य सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरूसङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटाप्रकाशनमाला आरम्भ गरिएको हो।
पाँच दर्जन बाछिटा
१. सीता शर्मा ‘शीत’, सिक्किम
कलम
सृजना रोप्ने
माध्यम
जीवन
जन्म र मृत्यु
उद्यान
सपना
सौन्दर्यमय
कल्पना
कमल
सभ्यता पुष्प
सकल
संस्कार
रहस्य सिन्धु
अपार
हजार
फूलको बाग
संसार
आकाश
खुल्ला हृदय
आभास
जिन्दगी
इच्छा जालमा
बन्धकी
सहारा
सदैव नदी
किनारा
यौवन
फुलेर रम्य
जवन
नाटक
छलको आगो
घातक
उज्यालो
मायामा धेका
अँघ्यारो
~<>~
२. सुस्मिता नेपाल
प्यारको
गलामा पासो
तारको
उमङ्ग
भावनाताल
तरङ्ग
हिम्मत
चुलीको चन्द्र
किस्मत
हिमाल
नेपाली शिर
विशाल
अमूल्य
ज्ञान स्वार्थमा
निर्मूल्य
उमेर
नदीको गति
घुमेर
साराको
सद्भाव सङ्लो
प्याराको
मिठास
श्रमको स्वच्छ
सुवास
भक्तिको
छहारी मातृ
शक्तिको
गगन
मेघ वेदना
गर्जन
अँधेरी
रजनी राग
पँधेरी
हितको
साथ सुगन्ध
चित्तको
~<>~
३. कल्पना दाहाल
हिमाल
उच्च इमान
अटल
प्रकृति
शृङ्गारयुक्त
युवति
लर्कँदो
बैंसको आयु
ढल्कँदो
अदम्य
साहसयात्रा
प्रणम्य
असार
बीजको बैंस
बहार
बादल
मुहुडा नेत्र
सजल
रहर
गिरिमा झण्डा
फरर
हजार
नेताका देश
उजार
सिर्जना
तृप्ति स्रष्टाको
तिर्सना
हतास
चैतमा मन
उदास
आहार
भोकमा भोज
साकार
ज्ञानको
उज्यालो कर्म
ध्यानको
~<>~
४. सुशीला ढुङ्गाना अधिकारी
विश्वास
मायाको न्यानो
आभास
पुरानो
बनेलु मासा
बिरानो
खाडीमा
युवा दु:खको
झाडीमा
प्रवासी
मनमा माया
स्वदेशी
सपना
कर्मको ज्योति
बिपना
मायाको
शीतल छाया
आमाको
हिमाल
बिजुली स्रोत
कमाल
सुन्दर
जवानी फूल
बहार
सारीमा
सज्जित शोभा
नारीमा
पितृत्व
स्नेह सियाँल
मातृत्व
दियालो
आत्मज्ञानको
उज्यालो
वीरको
मनमा काँडा
पिरको
<>
५. कमला देवकोटा
भेषको
सौन्दर्य आभा
देशको
हिमाल
गौरवगाथा
कमाल
राष्ट्रिय
सौरभस्वत्व
जातीय
गुराँस
राताम्मे आत्म
विश्वास
गन्तव्य
घाट अन्तमा
ज्ञातव्य
सिम्रिक
राष्ट्रको शान
अधिक
घातमा
चिसो सिरानी
रातमा
पापको
अग्निमा मन
तापको
क्लेषको
रापमा सत्ता
देशको
मसिना
आयको स्रोत
पसिना
सद्भाव
छोपिने धुलो
दुर्भाव
झेलको
ताण्डव स्वार्थ
भेलको
<>



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

