तीन वटै अगर धुप पालैसँग सल्काइन । मुसु-मुसु हाँसेझै बाङ्गो गरी बाँसुरी समाएको इष्ट देवताको मूर्तिलाई ध्यानले हेरिन । दुवै हात जोडीन । आँखा बंद गरी, सानै देखि मुखस्त भएको बिहान बेलुकै जप्ने मन्त्रहरू विस्तारै जपिन ।अनायसै साना स्वरमा आवाज निस्कियो –

“दासलाई कृपा गर्ने हे कृपालु, कृपा गर्नुहोस्‌। उहाँ आई पुग्ने दिन हो आज। यहाँ ल्याइपुयाई दिनुहोस्‌। हे दयामय । मेरा प्राणलाई म ढुखीसँग भेट गराइदिनुहोस । धेरै भो विछोड भएको………….धेरै भयो गोपीनाथ ।”

विछोड ! दुवै आँखाबाट आँसु अविरल झरे। आँसु माझ लाज लागेझै केही मुस्कराइन। भोलि जानु पर्यो भनी टिकट लिएर आएका बेलुका हेमलता, भात पकाउँदा-पकाउँदै खप्न न सकी डाको छोडेर रोएकी थिइन्‌ । भोलि जाँदा आवश्यक कागज-पत्र खोज्दै गरेका नंदकिशोरले, विस्तारो पछाडीबाट आएर हाँस्दै आँसु पछिदिएका थिए। हिटर अलिक घटाउ, भनी, अघि बढाएको हात च्याप समात्दै उ पट्टि फर्के।

– के अरे हेमा, मलाई नजानु भनेको ?
– हुन्छ भने नजानुहोस्‌ न। हुँदैन र ?
– हुँदैन भन्ने के ? काम छोडी दिए भैगयो। छोडी दियौं ?
– छोड्नु होस्‌, हिँडी रहनु पर्ने काम छोड्नुहोस्‌।
– छोडेर कसले पाल्छ र ?
-म पाल्छु । साथैमा सदा रही दिनुहोस्‌। खेत धेरै लिएर आएकी छु। सुनै मात्र बेचेर खाए पनि खाई सकिँदैन। पैसा व्यर्थमा कमाउनु परेको छोड्नु होस्‌।
– बाहुनी बज्यै, म त अर्काको सम्पत्ति खान सकिँदन।
– सक्नु हुन्न ! मान्छे खान त केही छैन।
– यो मान्छे त मेरै हो। अहिलेनै खान्छु, खै।
– के को लाज पचे जस्तो, ई यो हिटर।
आँसु माझ केही हाँसिन। जोडेका हातका बुढी औंला ओंठमा बारम्बार दली रहिन। धूप पाँचैवटाबाट उड्डेको धुँवा टोलाएझैं गरी हेरिन। धुपका धुँवाका माझ उसबेला नंदकिशोरले उड्डाएको चुरोटको धुँवाको स्मृति भयो। उभिई उभिई मूर्ति राखेका रेकमा ढल्किइन । घुँडा टेकी मूर्तिलाई नै फेरि हेरि रहिन।

बिहेका भोलि पल्टको बिहान । हेमलता नुहाई धोई कपाल पुछ्दै कोठामा पसिन। ठूलो घर, सबै उनलाई हेर्ने मात्र, कसो कसो गरी जोगिएर आई पुगिन। आफ्ना कोठामा पसे पछि मात्र उनलाई ढुक्क भो। अतालिँदै ढोकामा पस्ना साथ सोफामा ढल्केका नंदकिशोरलाई चुरोटको धुँवा उडाउँदै गरेको देखेर उ झसङ्ग भई ढोकैतिर फर्किन। उनलाई हेरेका त थिएनन्‌, तर उ अतालिएर लुगा तानी-तानी कुकुर्चाले टेक्दै प॒सिन; आफुलाई त्यसै अफ्ठ्यारो लागि रहेको थियो। ड्रेसिङ टेबलका ऐनाका अगाडी, नंदकिशोरलाई पछाडी पारी, बसेर कपाल पुछिन्‌। पुलुक्क हेरिन। धुँवाका मुस्ला छोड्दै उसरीनै बसेका छन्‌। मुस्लै मुस्लाबाट छोडेक्का मुस्लालाई मग्नसँग हेरिन। झसङ्घ भएर आफ्ना पतिलाई फेरि हेरिन। छड्के नजरले ऊ तिरै हेर्दै रहेछन्‌। नरियलका भुल्लै-भुत्ला भएका कार्पेटमा शरीर लड्ला कि झैँ भयो।
रिस-रिस पनि उठ्यो। फर्केर मुसुक्क हाँसेर टारिन।
– नुहायौ ?
-अँ।
– किन?
हेमाले जवाफ दिइनन्‌। जवाफै आएन | मन-मनमा भनिन्‌- नुवाएको नै। मुसु मुसु हासिन्‌ मात्र । हेर्नसम्म पनि हेरिनन्‌। नंदकिशोर लम्केर कपाल पुछ्दै गरेको तौतिला विस्तारै ताने । धेरै वेर खपिन, खुबै खपिन। तौलिया लानै लागे पछि छोड्दिइन्‌। खोसेर फेरि दिन्छन्‌ ठानी हात लम्काइन। त्यही हातै समाते । विस्तारै ताने। हेमाको उपाय लागेन, ढोका तर्फ हेरिन।
_ के हो ! आमाहरू आउनु भयो भने। नानीहरू… ।
_ आउ न छेउमै आउ, एउटा कुरा सोध्नु छ।
– त्यहीँबाट सोध्नु नि।
– मान्छेले सुन्छन्‌।
_ सुन्दैनन् कोइ छैन।
– म भन्दै छु त, मान्छै कोई आउँदैनन्‌ भनी ।

फेरि पनि जवाफ छैन । आफै हारेको अनुभव गरिन्‌। हार्नु ने सन्तोष लाग्यो । लाजले अलि अलि मुस्कुराइन । बितेको रात सम्झिँदा शिर उठाउन सकिनन् विस्तारै आउनै पर्यो। केही बोलीनन्‌। रिसाएर कराउन मन थियो, सकिनन् रिसाएझैं गरिन। लाजको मुसु-मुसु हाँसोलाई थाम्न सकिनन्‌।-

मूर्तिका छेउमा टाँसेको नंदकिशोरको फोटो हेरेको हेरै गरिन्‌। बगी रहेका आँसु पुछदै त्यस फोटोसँग झकंदै भनिन्‌- आज भेट्ने छौ, आउ मात्र न। अस्तिको सबै
रिस फेर्ने छु। काँचै खाने बोक्सा ! आज खानेछु, पटक्रै छोड्ने छैन। छाडेर जता भावी हिँड्ने। माया-प्रेम न भएका। आज छाड्ने छैन, हेरौला। तिम्रा छात्तीमा टाउको राखेर रूनेछु। तिमीलाई आँसुमा डुबाई दिन्छु, मान्छेलाई दुख दिने तिम।

आवाजसँगैका प्रार्थनाका साथ घडी हेरिन। अब त धेरै वेर छैन। सबै काम छिनेर फूर्सदै-फूर्सद। आई पुगे पछि फेरि धमाधम गर्नेछु। माछा पकाफ्कै छैन। बाहुन केटालाई पनि विदा दिई हालेँ। पहिले चिया बसाउँकि ? आइ नपुग्दै कराउने छन चिया-चिया। आफ्ना बाबुले राखेको नोकर जस्तो । चिया त उनले फोन गरे पछि बसाए पनि भ्याइन्छ। नुहाउने पानी तताउँकि ? तताउँदा-तताउँदा गर्यो होटलमै नुहाएँ, भन्दा भई हाल्यो। न तताए कराउँछन्‌ वित्थामा । सारै छुचा छ्‌न बोक्सा। लौ आई मात्र त पुगुन।

जीउ फुर्ती भयो। फोन उठाएर सिटी अफिसमा सोधिन के भयो ? एक छिन् पछि अरे। …लौ त…फ्लाइट केन्सल त गर्दैन होला ।…लौ.. राखेँ है।

ओछ्यान साफ छँदा छँदै टकटक्याइन। सिरानेको खोल हेरिन। आफै फुल हानेको हो- फूलै ले “ओन्ली फोर मी” लेखेको त्यो सिरानको खोल कहिले आफ्ना सिराने हाल्छिन्‌, कहिले नंदकिशोरकामा । केही सम्झिँदै फेरि हेछिन्‌। अँतमा दुइटै ओछ्यान एउटै हुन भन्ने ठानेर पहिले कहाँ उसरी नै राखिन । दुइटा सिराने अलिक सार्दै अनायासै गीत गुन गुनाइन। ऐनाका छेउमा गएर कपाल केही मिलाइन एेना हेर्ना साथ सधैँ देखि रहेने आँखाका छेउको कोठी मज्जाले देखियो । अस्तिको (मणिपुरी नारी विवाह पिछ माइत गएर बस्ने चलन छैन विवाहका पाँच दिन पछि वर र वधु पक्षको सहभोज बेहुली घरमा हुन्छ) “मङानी चाक चाबा” दिनको राती नंदकिशोरले भनेका कुरा झल्झल्ती सम्झिइन- ‘हेमा तिम्रो यहाँको कोठी सारैसुहाएको छ। राम्रो र सुहाएको मिसीए पछि त मलाई भई गयो, मर्ने बाँच्ने सबै बिर्सन्छु।’ उनले के जवाफ दिइन भन्ने सम्झने मौका छैन। त्यस कोठीलाई हातले सुमसुम्याउँदै धेरै बेरसम्म हेरि रहिन । मनमा कुरा खेल्न थाले- आफू मर्ने सर्ने सबै बिर्से राम्रै हो, यहाँ मान्छेलाई नै मार्न आँट्यौ बोक्सा । सोच्दा सोच्दै केही आवाज पनि निस्कियो ।

बाहिर मन्दिरको घण्टीको आवाज सुनियो । शरीर फूर्ति भयो। लुगा फटा-फट फेर्दै सामान लिएर बाहिर निस्किन । फेरि घडी पुलुक्क हेरिन । मन्दिरको ताला खोली सदा झैं, टाड्डैबाट टाउको भुँइमा छुवाउँदै ढोगिन। समान मिलाउँदै, तरकारी सरकारी काट्दै फाटकतिर, घरका ढोकातिर हेर्दा मन्दिरमा पूजा गर्न आएका बाहुनले भने –
– भाउज्यू काम छ भने जानुहोस्‌, म गरि हाल्छु नै, के हुन्छ र ?
– लुन त नानी, भाउज्यू एकदम हतारमा छु। राम्ररी गर है, केही चाहिए भन्नु है, म पनि टाडा जान्न।
हेमा भित्र पसिन। स्याना बाहुन (पूजारी) हेरि रहे। पस्ने बेलाको हतार उनले बुझे। उनको मन पहिलेको झैं चञ्चलै छ। केटा-केटी देखि चिने जानेको । साँच्चै
राम्रो भनेको यही होला।

त्यस दिन नंदकिशोर आएनन्‌। प्लेन दुई पल्ट आयो। सोधियो, पर्खियो तर आएनन्‌। नआफकै टुङ्गा लाग्यो । दिन भरी हेमा ओछ्यानमा नबिसाई रोई रहिन्‌। भात पनि गाँस हालेर मात्र छोडिन। ढोका ढपक्याएर शरणकर्ता भगवानका मूर्ति सामु रेकमा टाउको राखी धुँक्क धुँक्र गर्दै रोइन । शब्दहरू केही निस्केनन्‌ । सुनिएका आँखाले साँझमा धूप बाती बालिन। मन्दिरको ताला लगाइन्‌। भित्र गएर ढल्किइन। आँसु पुछ्दा कोठी पुगेर हात एक छिन्‌ रोकियो। आफ्नो पतिको स्मरणका साथ हजुर आमाले पहिले भनेको कुरा कानमा गुञ्जियो- “नातीनीको कोठी, सबै लक्षण यहीँ थुप्रेको छ है। तर हजुरआमालाई पीर लाग्छ, आँसु झर्ने ठाउँमै परेछ। पूजा पाठ धेरै गर्नु नानी, तिमीमा वैष्णवीको गुण छ है।” त्यसबेला देखि हजुर आमाले ईश्वरका अचम्म-अचम्मका लीला (कृपाको) कथा सुनाई रहनु हुन्थ्यो। प्रसाद ठीक पार्नु, दुना गाँस्नु माला उन्नु, आसन मिलाउनु आदि-आदि समय-समयमा अह्उँदै सिकाउँदै ल्याउनु भएको । सबै थोक जानी पनि सकेकी हुन्‌। शिजलाइओइबी झैं,
मीरा झैं को सानै देखि भगवानमा श्रद्धा अनि विश्वास रह्यो। बिहे पछि पति सँगै दुइटा मूर्ति पूज्दै छन्। एउटा ईश्वर निराकार प्रभु, अर्का साकार ईश्वर साक्षात् देखिने। यो कसैले सिकाएको होइन। आफ्नो स्वयंको विश्वास हो। पति नदकिशोरले पनि सहर्ष यसलाई मानेका थिए। उनका कुरा काट्दैन थिए।

एक दिन नंदकिशोर जरूरी काममा जान्छु भन्दा बिहान अँध्यारैदेखि तयारी शुरू गरेको थियो। ब्रेकफास्ट मात्र गरेर जानको तयारी गरियो । हेमाले धेरै धमाधम गरिन् । ढिलो भई सकेको थियो। नंदकिशोर हतार-हतार पसेर हेर्दा तेल बसाएर, रेकका मूर्तिमा फूल चढाउँदै आँखा चिम्लेर बसेको देखे। रिसै न उठने त थिएनन्‌ उसरठ्ठमा झनक्क झर्कन्धे। आगो भएर वर्सन लागे- के फाइदाको आले-जाले । बिना प्रेक्टिकल्‌ बुढा-पाका जस्तो। व्यर्थमा समय खेर फाल्ने । केटा-केटी जस्तो। म आउँदा रहेछ भने। म नत्र क एउटै मात्र रहिन्छ, यस घरमा । समयको मूल्य बुझ्नु छैन।

हेमा आतिएर हतार-हतार गरिन। तेल तातुञ्जेल यसै पर्खे पनि उही हो भनी धूप सल्क्यो कि सल्केन, सल्काउँदै टाउको निहुराएको मात्र हो। कुदेर आउँदा तेल तातेकै रहेनछ। झट-पट गरी भुटेर ल्याएको पतिले खाएनन्‌-पिएनन्‌। न भ्याएक्को त होइन। सँगै जाने अफिसका साथी पर्खंदा दुइटासम्म चुरोट खाए। हेमाले डराउँदै ओछ्यान मिलाइन। जान्छु सम्म न भनी उनी जुरूक्क उठेर हिँडे। आँसु बलिन्द्र आए, थाम्न सकिनन्‌। पर्दाका आडबाट आफ्ना पतिलाई हेरि रहिन । गािड्मा चडेर गए पछि बल्ल डाको छोडेर रोइन।

बेलुका तिर नदकिशोर गीत गुनगुनाउँदै फाटकतिर बाट पसे फाटकबाटै बोलाए: हेमा । जवाफ दिइनन्‌, पहिले झैँ हास्दै स्वागत गरिनन्‌। उ छक्क परे अनि विहानको कुरा सम्झे। आउँदा बिहानको ब्रेकफास्ट जस्ताको तस्तै रहेछ। नंदकिशोरले थाहा पाए। आएर हेर्दा रेककै छेउमा एउटा मुढामा हेमा बसी रहेकी थिइन्‌। रेक खाली थियो। रातो रेशमको आशन चाहिँ त्यस्तै थियो। हेमाले हाँ-हुँ केही गरिनन्‌। चौका तिरको ढोका तिर फर्केर निहुरिएर बसी रहिन। नंदकिशोरले विस्तारै बोलाए। बोलाएको बोलाई गरे। हेमाले जवाफ दिइनन्‌। के हुने हो भनी डराएकी आतिएकी थिइन्‌। पति खुशी खुशी आएको देखेर यो अवस्था भयो। हृदयमा ठूलो आघात पर्यो केही क्षण जिस्क्याए-फकाए जस्तो गरी नंदकिशोरले आखिर जुरूक्क उचालेर ओछ्यानसम्म पुयाए। पतिको चाल बुझे पछि हेमा नंदकिशोरका काखमा घोप्टो परेर रोइन। रोएको सूरमा फकाई-फुल्याइको स्वाद पतिले लिए। वासनाका वेग्ले व्याकुल भएका पतिलाई भनिन- ढिलो भएको पनि होइन अनि व्यर्थमा मलार्इ नाना भाँति गाली गरेको, मैले के बिराएकी थिएँ र ?
– कसले बिरायौ भन्यो र?
– तपाईकै राम्रो होस्‌ भनी सधैँ प्रार्थना गर्छु, आजसम्म हिँडे डुलेकामा यिनै भगवानका कृपाले राम्रै भएको छ। होइन र।
-हो! हो !! यता फर्क्यौं त।
– न फर्कनु रिस उठ्छ। छेउमा न बस्नु। मूर्ति पनि फ्याँक्नु अरे। मलाई कुट्नु मार्नु, जे इच्छा छ त्यही गर्नु, तर यो के धर्म हो ? राम्रो कुरो हो ?
– मेरो गल्ती भयो भनी हालें त। अब फेरि केही भन्ने छैन। वैष्णवी तिम्रा इष्ट देवतालाई म अब केही भन्दिन, प्राण प्यारी माफ गर।
– माफ गर्दिन। न समात्नु मन पर्दैन। माया न लागे…………… ।

त्यस दिनको बेलुकी दुवैले नुहाई-धोई फलामका बाकसमा राखेको भगवानको मूर्ति पेरि निकालेर राखी पूजा गरे। हेमाले पहिलेको भन्दा स्फूर्ति सित सबै थोक गरिन। नंदकिशोर त हेमामा भएको प्राण हो। दुवै एक अर्काका हुन्‌ ।

पतिले लेखेका चिट्ठी, पठाएका टेलिग्रामहरू फेरि निकालेर हेरिन। दिन, तिथि समय सबै उनलाई थाहा छ, सबै ठीकै थिए। फेरि किन आएनन्‌। हिँड्नै न पाएका हुन कि, टिकट पाएनन्‌ कि आदि सोच्न लागिन्‌। के के विचार आयो आयो, यसै होला भन्न सकिनन्‌ ? आँसु बलिन्द्र आफैं बगे। मन खोलेर रून पनि सकिनन्‌। हेमाले धेरै दुख सहिन ।

शोक संताप सँगै केही कल्पनाहरू जागे । सपना हो कि विपना बोलाए झैं सुनिन हेमाले। हेमा पूरै होशमा छन्‌। पति हुन्‌ कि स्वर उस्तै छ। उस्तै सुनियो। तलैबाट बोलाए जस्तो लाग्यो । त्यही पनि त ढिलो भयो। फोनमा सोधौं कि। कि आएर बोलाउन सिकुवातिर चढ्दा ठोकिएर लडे। अहिले भैले सुनेको आवाज चाहिँ।

सोच्दा-सोच्दै जुरुक्क उठिन। बाहिरको बत्ती बाली विस्तारै निस्किन। केही बेर वरीपरी हेरिन्‌। कोही छैन। भित्र पस्नु पर्यो भन्दा मन्दिरका छेउमा रोपेको करवीर कर्याक-कुरूक गरेझैं लाग्यो। अँध्याराले केही देखिएन। झसङ्ग भइन ताला मन्दिरको ताला त लाएको छैन कि? पूजा सकेर दिन्थे त्यो पनि दिएनन्‌।यस्तै सोचमा
ओछ्यान छेउको टश लिएर फेरि निस्किन । सिढी ओर्लिन। पर एउटा कुकुर स्वर तानि तानि रोर्इ रहेको थियो । हेमा यता-उता, दाहिने-देब्रे, अगाडी वर अनि परसम्म उज्यालो देखाउँदै मन्दिर तिर लागिन। टाडै चप्पल खोलेर उज्यालाले हेर्दा मन्दिर बन्द पाइन। विस्तारै माथि चढ्नि। ताल लाएको छ छैन भनी तानी हेर्दा अकास्मात लडिन। आतिएर कराउलिन त होइन उज्यालो देखाउनसम्म सकिनन्‌। चुप चाप मजेत्रेलो शिर ढाकिन। बन्द मन्दिरको ढोकामा ठूलो आघातसँग घाँटी, घिच्रा तिर चस्स गर्यो। एक्कै क्षणमा हेमामा अंधकार छायो, कल्पनामा डुबिन सपना जस्तो

हेमाको व्युझिए जस्तो पछि होस आयो। आँखा खोलेर हेर्दा अंधकार देखी आफुले सधैँ उज्यालो भयो भएन भनेर हेर्ने भेण्टिलेशन हेर्छु भन्ने ठानी यसो टाउको उठाएको त घाँरी हल्लाउनै भएन। टाउको भारी भई फुट्नै खोजे झैं गरी दुखेको छ; अनुहारआँखा, ओठ गाला घाँटीमा शोला हान्नाले सल्केझैं गरेर पोलेको छ। झसङ्ग भई हेरिन, शरीरमा लुगा प्राय लाएको नै भने हुन्छ। लुगा आधि मात्र ओडेक्रो छ। मन अति दुखी छ। एक किसिमका व्याकुलताले मुटु- ढुक-ढुक गर्न थाल्यो। देख्न त केही देखिनन्‌। तर नदेखि नै धेरै कुरो बुझिन । छाम-छाम, छुम-छुम गर्दा गद्दीमा राखेको मूर्तिको एउटा खुट्टो छामियो। पल्टेका अवस्थाबाट यसो कोल्टे पर्नसम्म नसक्ने अवस्था थियो। त्यस अंधकारमा हेमा आफ्ना दुवै हातले मुख छोपेर रोइन । चरा कराउन लागे पछि उठेर हिँडिन। पाइला चाल्न नसकी न सकी आफ्ना कोठातिर लागिन। आफ्ना अंधकार कोठामा पसिन। ठाउँमा पुग्न सकी न सकी ओछ्यानमा लडिन, त्यहाँ मजेत्राले मुख छोपेर डाको छोडी-छोडी रोइन।

तीन चार दिन खान पीन बंद भो। सुती नै रहिन। बेला-बेलै सोध्न आउने सासुले, के भयो बीरामी भयौ कि, बाहिर पनि निस्किनौ, भनी सोध्दा केही भएको छैन, रिंगटा मात्र लागेझैं हुन्छ भनेर जवाफ दिन्थिन । सासु चाहिँ एका तिर धैरै दिन देखिको इच्छा, नातीको मुख देखिने भो भनी खुशी हुन्थिन्‌ । हर्षले फर्कन्थिन। हेमा सुती रहन्थिन्‌। शरीरका नशा-नशा, जोड्नी-जोड्नी धेरै दुख्ये। आँसु ओभाएका थिएनन्‌। सपना हो कि विपना जस्तामा थिइन्‌। आफैं खुला ठूला आकाशमा हराझै लाग्थ्यो। बेला-बेलै मनमा प्रश्न उठदथियो अब म के गर्ने ? अन्तरात्माबाट अर्को आवाज निस्कथ्र्यो- तिमीले पनि मेरो रक्षा गर्न न सकेको अब भैले कसो गर्ने ? तिमीले पनि मेरो रक्षा गर्न सेकनौ। अब भैले….. ।
प्रश्न माथि प्रश्न र केवल प्रार्थाना मात्र, यसै बेला नंदकिशोरको प्रतीक्षा पनि रून्छिन साँच्चै आएनन्‌, आर्इ पुगेनन्‌। मन फेरि सोच्द थियो ए च भर्इ गयो । अवश्यै आउने छन्

चार दिनका बेलुका हेमा विस्तारै उठिन्‌। जस्तै भए पनि नुहाउनु पर्यो भनी बाथरूम तिर जाँदा ठूला घरतिर सबै रोएको सुनिन्‌ । आश्चर्य र डरसँग निस्किन । ससुरा माझमा भएर वरीपरी अरू परिवारका व्यक्तिहरूले घेरेको थियो। छिमेकका दिदी, भाउज्युहरू पनि मुख छोपेर रोइ रहेको देखिन । छक्क परेर हेरिन । हस्याङ-फस्याङ लुगा लाउँदै कुद्दै गरेका कान्छा देवरलाई सोधिन- नानी के भयो ? जवाफ दिएनन्‌, भाउज्यूलाई घोसे मुण्टो लाएर हेर्दै स्कूटर ठेल्दै फाटकतिर लागे । त्यसै बेला ससुरा बुहारीका छेउ विस्तारै आए। टाउको छोप्दै लुगा सम्हाल्दै होशियारसँग हिड्न खोजिन्‌।
– नानी लताबी !
– बुबा !
-पर्ख !
घोसे मुण्टो लाएर पर्खिन। छेउमै आएर उभिए। धेरै बेर केही बोलेनन्‌। बुहारीलाई टुलु-टुलु हेरि रहे। भरिएका स्वरले- लेउ तिम्रो……..: । देब्रे हातले कच्याक-कुच्चुक्र पारेर समाएको टेलिग्राम बुहारीका हातमा दिए। केही भन्न सकेनन्‌, फर्केर हिँड्न लागे । पछाडीबाट छोरीले कराइन बुबा भाउज्यू । फर्केर हेर्दा बुहारी हेमलता जरा उखेलिएको रूख झै लड्डेकी । उठाएनन्‌। तेह्र दिन कोमामा रहेर राती होश आयो । हेमाले जुरूक्क उठेर यता-उता हेरिन। भुँइमा ओछ्यान लाएर सुतेकी सासुलाई नाघेर लड्न खोज्दै भाग्न लाग्दा अस्पताल पछाडी रहेछ। ढोका उघार्दा लडिन। जुरूक्क उठिन फेरि कुदिन। घरको फाटक उघार्न भ्याइनन्‌ छिरेर पसिन। मन्दिर अगाडी उभिएर वरीपरि हेरिन। दाउरा राख्ने ठाउँतिर दुगुरिन। ठड््याएको बञ्चरो च्याप्प समातेर मान्दिरका ढोकातिर लागिन।
दारा किट्दै भनिन- आज हेर तिमीलाई। कट कट दाह्ा अझै किटिन।
इलाहाबाद
३०.०४.७६