 
			
			
			
			
			
			बेलायती चित्रकार लुसियन फ्रायडका चर्चित चित्रहरूमध्ये ‘बेनिफिट्स सुपरभाइजर स्लिपिङ (१९९५) ले बिक्रीको कीर्तिमान तोड्यो । यो चित्र २००८ मा रोमन अब्रामोभिचले १० करोड ७० लाख पाउन्ड खरिद गर्दा जीवित कलाकारको चित्रमा त्यति धेरै रकम तिरेको पहिलो कृति बन्न पुगेको थियो । फ्रायडले जसको चित्र उतारेका थिए, ती महिला थिइन्– सु टिली । उनी त्यसबेला लण्डनको सरकारी रोजगारी केन्द्रमा सुपरभाइजर थिइन् ।
हेर्दा यो चित्र उति आकर्षक छैन । थसुल्ली एउटी महिलाको चित्रमा धेरै कमको आँखा जाला भन्ने धेरैलाई लागेको थियो तर १० करोडभन्दा बढीमा बिक्री हुने यो चित्रमा टिलीलाई फ्रायडले ‘देवी’जस्तै प्रस्तुत गरेका थिए । उनी नग्न थिइन, थसुल्ली पनि । त्यसैले यो चित्र चर्चामा आयो ।
फ्रायडको कलामा टिलीलाई ‘देवी’ जस्तै प्रस्तुत गरिएको थियो । उनी नग्न थिइन् तर थसुल्ली पनि । यही कारण यो चित्र चर्चामा आयो । वास्तविक जीवनमा उनी साधारण कर्मचारी मात्र थिइन् । फ्रायडले महिनौँसम्म प्रत्यक्ष जीवनबाट पोज गराएर उनलाई चित्रित गरेका थिए । परिणामस्वरूप बनेका चार नाङ्गा चित्रहरु, इभिनिङ इन् द स्टुडियो (१९९३), बेनिफिट्स सुपरभाइजर रेस्टिङ (१९९४), बेनिफिट्स सुपरभाइजर स्लिपिङ (१९९५), र स्लिपिङ बाई द लायन कार्पेट (१९९६) अझै पनि कला इतिहासका महत्वपूर्ण सम्पदा मानिन्छन् । र, यी सबैमा टिली थिइन् ।
टिली १९८० को दशकमा लण्डनको अराजकतापूर्ण क्लब संस्कृतिको हिस्सा थिइन् । उनले त्यो बेला अर्का कलाकार ली बोवेरीसँग गहिरो मित्रतामा थिइन् । लीसँग उनी रात्रि क्लब जान्थिन्, चित्रकलाका बारेमा गहिरो गरी बुझ्ने प्रयास गर्थिन् । यिनै लिले फ्रायडको कलाका बारेमा बताएका थिए । लिसँगको मित्रता उनलाई फाप्यो । फ्रायडले उनलाई आफ्नो कलामा भिœयाए ।
फ्रायडले उनलाई चित्रमा उतारे । चित्रहरु करोडौंको मूल्यमा बिक्री पनि भए । तर उनलाई त्यो खरिदबिक्रीले खासै फाइदा दिएन । उनको फाइदा भनेको मोडल बनेबापत चित्रकार फ्रायडले दैनिक थोरै पारश्रिमक दिन्थे । र, त्यो पारिश्रमिक पनि यति थोरै थियो कि अहिले त्यसको मूल्य केही पनि छैन । निकै पछि उनले द गार्जियन पत्रिकालाई भनेकी थिइन्, ‘म उहाँलाई काँतर लागे होला किनभने उहाँले जस्तै खोजेजस्तै म थसुल्ली थिएँ ।’
त्यसो त टिलीका लागि चित्रकार फ्रायडसँगको संगत नै मूल्यवान् ठान्छिन् । उनी भन्छिन्, ‘उहाँ रमाइलो मान्छे हुनुहुन्थ्यो । गफ गर्न रुचाउनुहुन्थ्यो । ठट्टा गर्नुहुन्थ्यो । तर कहिलेकाहीँ साह्रै नमीठो गरी रिसाउनु हुन्थ्यो ।’
फ्रायडको नमीठो वचनका कारण उनीहरु दुईको पछि सम्बन्ध भाँचियो ।
सन् २०१५ मा ‘बेनेफिट्स सुपरभाइजर रेस्टिङ’ चित्र ३ करोड ५० पाउण्डमा बिक्री भयो । यसलाई त केहीले फ्रायडको उत्कृष्ट भन्दै रेम्ब्रान्ट र रुबेन्ससँग तुलनासमेत गरेका थिए ।
यतिबेला ६० वर्षको उमेरमा पुगेकी टिली बेलायती समुद्री किनारको शहर ससेक्समा बसोबास गरिरहेकी छन् । उनले सरकारी जागीरबाट अवकाश पाइसकेकी छन् । जागीरबाट अवकाश पाए पनि उनको मनबाट कलाले कसैगरी अवकाश लिन पाएको छैन । त्यसैले यस पटक मौका पाउनेबित्तिकै आफैंले बनाएका चित्रलाहरुको प्रदर्शनी गरेकी छन् । उनका चित्रकला शैली, सरल, आत्मविश्वासी र प्रायः हरेक वस्तुमाथि केन्द्रित हुन्छ । ‘फेन्डी’ नामक पुरुषहरुको वस्त्र संग्रहमा उनका स्केच प्रयोग भएका छन् ।
उनी भन्छिन्, ‘म कहिल्यै निदाएकी छैन । मेरो हृदयमा सुसुप्त रहेको कला चेतनालाई मैले उतारेकी छु ।’
नभन्दै उनले बनाएको एउटा चित्रको नाम ‘द बेनिफिट सुपरभाइजर ह्याज वोकन अप’ नामकरण गरेकी छन् । फ्रायडका चित्रहरुले उनलाई कला इतिहासमा अमर बनाएझैं उनी आफैंले आफ्नो जीवनलाई निरन्तर सिर्जनामा जागरुक राखेकी छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	