‘मन्दिर’ शब्द सुनेपछि
मनै आह्लादित हुने गर्थो
शान्ति अनुभूत गर्ने पवित्र स्थल
अन्तर्मनले सोच्ने गर्थेँ
शान्ति मिल्ने देवस्थल
पवित्र देवभूमि
तपोवन/तपोभूमि
धर्म कर्मको स्थल हो मन्दिर
घुम्दै गर्दा जिन्दगीको ब्रह्माण्ड
धेरै मठमन्दिरको दर्शन मिलेको छ
मन्दिरमा हुने मानव क्रूरताले
ती अनपेक्षित् दृश्यहरूले
द्रवीभूत बनाई दिएको छ मलाई
जहाँ देवी/देवताको नाम जप्छन्
मनोकांक्षा अनुसार वर माग्छन्
मन्दिर भित्र रहेको मूर्तिलाई
देवताको नाम लिएर
पशु/पंक्षीहरूको बली चढाउँछन्
रगतको धाराले मूर्तिलाई नुहाइदिन्छन्
तब सन्देह छ मलाई
मन्दिर- पूण्य कमाउने पवित्र देवस्थल हो ?
अथवा
मन्दिर- पाप गर्ने वधशाला हो ?
—–
निस्दी गाउँपालिका-६ अर्चले,पाल्पा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१३ असार २०८३, शनिबार 










