इम्मानुएल गोटलिब लुजको जन्म २४ मे १८१६ मा भएको थियो । उनी जर्मन अमेरिकन चित्रकार हुन् । उनले बनाएको सबैभन्दा प्रख्यात चित्र वासिङ्टन क्रसिङ द डेलावेर हो ।
लुज खासमा जर्मनीको वुटेमबर्गमा जन्मिएका थिए तर ९ वर्षको उमेरमा नै उनी परिवारसँग अमेरिकाको फिलाडेल्फियास्थित भर्जिनिया पुगे । उनका बुवा ज्यादै बिरामी थिए । उनलाई कुर्दाकुर्दै लामो समयको सदुपयोग गर्दा चित्र कोर्न थालेका थिए ।
उनका बुवा १८३४ मा परमधाम भएपछि फिलाडेल्फियामा नै चित्रकारिता सिके । त्यसअघि एउटा चित्रको पाँच डलर लिन्थे । पछि बिस्तारै उनमा चित्रकारिताको निखार आउन थालेपछि उनले ऐतिहासिक क्षणबारे चित्र बनाउन थाले ।
सन् १८४२ ताका उनी चित्रकारिता अध्ययनका लागि जर्मनीको म्युनिख पुगे । उनले त्यतिबेला बनाएको चित्र कोलम्बस बिफोर क्विन निकै चर्चित चित्र मानिन्छ ।
उनी औपचारिक रूपमा कुनै कलेजमा पढ्नु उचित ठान्दैनथे । त्यसैले उनका चित्रहरू त्यसबेलाका औपचारिक कलाशिक्षाविरोधी देखिन्छन् । एउटा चित्रकारलाई सबैभन्दा बढी प्रभाव उसको यात्राले पार्दछ । उनमा पनि त्यस्तै भयो । अमेरिकाबाट उनी जर्मनी केही सिक्न आएका थिए, त्यसपछि उनी रोम र भेनिस जस्ता ठाउँ पुगे । त्यहाँ उनको कोलम्बस इन चेन चित्रले ब्रसेल्स आर्ट एक्जिभिसनमा स्वर्ण पदक नै प्राप्त गर्यो ।
उनले सन् १८५० मा बनाएको वासिङ्टन क्रसिङ डेलावेर उनको आइकनिक चित्र मानिन्छ ।
जीवनको अन्त्यतिर उनी नेसनल एकेडेमी अफ डिजाइनका सदस्यसमेत बनाइएका थिए । उनी न्युयोर्कको युनियन लिग क्लबका सदस्य थिए । ५२ वर्षको उमेरमा वासिङ्टन डिसीमा उनको निधन भएको थियो । उनको मृत्यु हुनुअघि दासमोचनमाथि चित्र बनाउने तयारी गरिरहेका थिए । उनको चित्रकारितालाई पेट्रियोटिक रोमान्टिसिजम नाम राखिदिनेहरू पनि छन् ।
उनै चित्रकारको मे २४ मा जन्मजयन्ती मनाइयो । आज हामी उनका सुन्दर चित्रहरू अवलोकन गर्नेछौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।