सालक

सालक हुँ म, मान्छे होइन मान्छे किन बन्नु ?
मेरो व्यथा मसँगै छ खै कसलाई भन्नु ?
कमिला हो मेरो खाना, धमिरा नि खान्छु,
दुलोभित्र बस्छु सधैँ, एक्लै घुम्न जान्छु ।

शरीरभरि कत्लैकत्ला बोकेर म हिँड्छु,
सुधो छु म हराएर कहिले म जान्छु,
हानि केही गर्दिन म किसानको साथी,
मान्छे तिमी किन बन्छौ मेरो लागि घाती ?

मेरो मासु मासु नै हो औषधी त्यो हैन,
मलाई मार्दा तिमीलाई हुन्छ किन चैन ?
संसारभरि भए पनि मासिँदै छु आज,
मान्छे तिम्लाई म नासिँदा लाग्दैन के लाज ?

लजाएर बस्छु सधैँ तिमीलाई के चासो ?
मेरो जीवन देख्दा सधैँ केको यस्तो हाँसो ?
जीवनभिक्षा माग्दिनँ म, मर्छु प्रकृतिमै,
किन पर भागूँ र म, देख्दा तिमीलाई ?

चितवन