रमेश प्रभात

छ यो भेषमा के सबेरै सबेरै ?
रह्यो शेषमा के सबेरै सबेरै ?

हिजो आज नौलो सुनेको छु केही,
भयो देशमा के सबेरै सबेरै ?

छ जाली फटाहा गरी राज बस्दो,
गर्यो पेसमा के सबेरै सबेरै ?

धुरीमा बसी गिध्द खोज्दै छ केही,
दियो ठेसमा के सबेरै सबेरै ?

नयाँ के गरूँ भन्छ मेरो हितैषी,
छिन्यो बेसमा के सबेरै सबेरै ?