पाँच वर्ष पहिले
अनायासै भेटिएका थियौँ हामी
एउटा कालो रातमा
त्यो भेटपछि
अनवरत चल्दो छ
हाम्रो सफेदप्रेम !

प्रेमको निशानी भनेर
उनले मलाई
भादगाउँले कालोटोपी दिइन्
मैले उनलाई
कालो पस मिनासल दिएँ

जुन निरन्तर प्रयोगमा आइरह्यो।

यतिबेला
घरि-घरि सवारी चल्छ यो देशमा
सवारीमा वर्जित हुन्छ कालो रङ
न उनी कालो सल ओढ्न पाउँछिन्
न म कालोटोपी लगाउन पाउँछु ।

कतिञ्जेल लुकाउने
हामीले प्रेमको निशानी ?
यो सरकार
कतिञ्जेल बन्छ ?
हाम्रो प्रेमको दुस्मन

चितवन