स्कुलबाट फर्किँदा जब उसले देखी
बाले ल्याउनु भएको दही मथ्ने ठेकी
कताबाट हाम्रो घरमा आयो चिज यस्तो
झट्ट हेर्दा देखिने माटे गाग्रो जस्तो
सोधी सानी बैनीले मेरो बाटो छेकी
मैले भनेँ यही त हो नि मही पार्ने ठेकी
दूध यसमै राखेर जमाउने रे भरे
भात खाइसकेर खन्याउने अरे
भोलि सँगै मथौँला नि समाएर नेती
नौनी घिउ बनाउने काठको यो ठेकी ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
८ फाल्गुन २०८२, शुक्रबार 










