विगतका प्रत्येक स्मृतिहरू
अदृश्य समयको गहिरो कुवाभित्र
रहन्छन् सुषुप्त
धेरै केही पलका प्रकाश किरणहरू
छोपिएका छन् कुनै सुनौली गलबन्दीभित्र
तीमध्ये केही प्रतिविम्बित गर्छन्
पीडाका केही अमिट तस्बिरहरू
र अङ्कित हुन पुग्छन्
आँखाको भुँवरीमा नाच्दै
हृदयको सिलोटमाथि ।
प्रकाश र छायाँको यो खेल
वर्तमानका प्रत्येक क्षणले हेरिरहन्छन्
पीडाका भीमकाय चट्टानहरू
सान्तवनाका मृदुल प्रकाश किरणहरू
भविष्यलाई
तुलोमा राख्छन्
र जोखिदिन्छन्.. !
एउटा फकिरजस्तै
तुवाँलोमा बेरिएर
समयको यस कालो कुवाभित्रबाट
चिहाउँछ विगत ।
वर्तमानका प्रत्येक पलहरू
हेर्छन
र चिन्तन गर्छन् ।

अनुवादक – महेश पौड्याल