वरिष्ठ साहित्यकार तथा अनुवादक कृष्णप्रकाश श्रेष्ठकाे स्मृतिमा “शब्द चित्रमा कृष्णप्रकाश श्रेष्ठ” स्मृति ग्रन्थ प्रकाशन हुनेभएकाे छ । श्रेष्ठकाे याेगदानकाे कदर गर्दै गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले स्मृति ग्रन्थ प्रकाशनमा ल्याउने निर्णय गरेकाे हाे ।
प्रवासमा बसेर नेपाली साहित्यको लेखन र रुसी भाषामा अनुवाद तथा नेपाली साहित्य र संस्कृतिको उत्थानमा अनवरत छ दशकसम्म योगदान दिनुभएका वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठकाे कोरोनाको विश्वव्यापी कहरमा परी गत २९ मार्चमा मस्कोमा निधन भएकाे थियो ।
स्मृति ग्रन्थ प्रकाशनका लागि सङ्घले संयोजकाे जिम्मेवारी क्यानडाका साहित्यकार सुरेन उप्रेतीलाई दिएकाे छ । श्रेष्ठसँग प्रवासमा वा घरदेशमा नजिकको सम्पर्कमा रहनुहुने मान्यजन र मित्रहरुलाई उहाँका साथका स्मरणहरु लेखी प्रकाशानर्थ तलका कुनै एक इमेलमा जुन महिनाको अन्त्यसम्म पठाइदिन गैरआवासीय नेपाली सङ्घले अनुरोध अनुराेध गरेकाे छ ।
इमेल पठाउने ठेगानाः
thapahikmat@gmail.com (हिक्मत थापा, अफ्रिका)
usuren2009@gmail.com (सुरेन उप्रेती, उत्तरअमेरिका)
mmbhurtyal@gmail.com (डा. मनमुर्ति भुर्तेल, मस्काे)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।