साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लेखकको अनुपस्थितिमै पुस्तक विमोचित

नियात्राकार नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ शनिबार काठमाडौँमा विमोचन गरियो ।

लेखक न्यौपाने अमेरिकामा नै हुनुभए पनि उहाँको कृति नेपालमा विमोचित गरिएको हो ।

bahulako diary small and inside post

नियात्रा समाज नेपालको संयोजकत्वमा सो पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा नियात्रा समाजका अध्यक्ष प्रतीक ढकाल, मदन पुरस्कार विजेता लेखक युवराज नयाँघरे, शङ्कर लामिछाने प्रतिष्ठानका राधेश्याम लेकाली, पुस्तकका प्रकाशक बिएन पुस्तक संसारका सूर्य बिसी, नियात्राकारहरू मोहन चापागाईं, गीता रेग्मी, खेमराज पोखरेल, अनुपम रोशी, शर्मिला खड्का दाहाल लगायतका स्रष्टाहरूको सो अवसरमा उपस्थित हुनुहुन्थ्यो । उहाँहरूले पुस्तकको सफलताको कामना पनि गर्नुभयो ।

नियात्राकार न्यौपानेका यसअघि प्रकाशित “यात्राको बङ्लादेश” र “कङ्गो र इथियोपियाको सेरोफेरो” पाठकवर्गका बीच निकै लोकप्रिय छन् । समारोहको सञ्चालन रेडियो नेपालकी कार्यक्रम प्रस्तोता यशोदा अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया
Loading...