अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले भाषाशास्त्री महानन्द सापकोटालाई सम्झना गरेको छ । सापकोटाको १२६ औँ जन्मजयन्तीको सन्दर्भ पारेर शनिबार आयोजित अनेसास संवादको १०१औँ श्रृङ्खलामा सापकोटाप्रति श्रद्धाभाव व्यक्त गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रामबाबु सुवेदी र पारिवारिक सदस्य महेश प्रसाईं, डा. संजीव सापकोटा, गीता सापकोटा, लुना सापकोटा, भक्ति सिटौलासहित विभिन्न वक्ताहरुले महानन्दको नेपाली भाषा र साहित्यप्रतिको योगदानको चर्चा गर्नुभयो ।
अनेसासका निवर्तमान अध्यक्ष राधेश्याम लेकाली, पूर्व अध्यक्षद्वय पदम विश्वकर्मा र मोहन सिटौला, अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा, अनेसास उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव सर्वज्ञ वाग्ले, रमानाथ सापकोटा, प्रकाश पाण्डे लगायतले महानन्दको व्यक्तित्व, कृतित्व र महत्वमाथि चर्चा गर्नुका साथै कविता वाचन गर्नुभयो ।
अनेसासको केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि मन्तव्य राख्नु भएको थियो ।
अनेसास जर्जिया च्याप्टरको सहयोगमा अनेसास केन्द्रले विगत छ वर्षदेखि हरेक वर्ष महानन्द सापकोटा जयन्ती मनाउँदै आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।