
यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हाे ।
त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ ।
मदन पुरस्कार गुठीले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको सङ्कलन र पहुँचलाई विस्तार गरेकाले लिम्बुवानको ऐतिहासिक दस्तावेजलाई मदन पुरस्कार प्रदान गरेको जनाएको छ । मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २२२ पुस्तकमध्येबाट गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो ।
गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह रहेका थिए ।
दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ ।




यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
‘मदन पुरस्कार २०८१’ का लागि छानिए उत्कृष्ट सात पुस्तक; कुन पुस्तकमा के छ ?
व्यक्तिगत चाहना र निजी खर्चमा ऐतिहासिक कागजातकाे खोजीमा हिँडेकाे हुँ – मदन पुरस्कार विजेता इङ्नाम
८ कार्तिक २०८२, शनिबार 







