
गजल मुशायराले साहित्यपोस्टसँग मिलेर सञ्चालन गरेको गजल प्रतियोगिताको पाँचाैँ चरणमा प्रवासी सुमन, मुना बाेहाेरा, कर्ण दयाल विजयी हुनुभएकाे छ । त्यस्तै, यस प्रतियोगिताकाे अघिल्लाे हप्ता अनिश धामी, मीनबहादुर थापा ‘मिलन’ र सुरज भुल विजयी हुनुभएकाे थियाे ।
विषयवस्तु, शब्द संयाेजन, काव्य चेत, नवीनता र सामाजिक सबै किसिमले विजयी तीन गजलहरु उत्कृष्ट भएकाले करुण थापा, जितेन्द्र मल्ल, रवि प्राञ्जल र जय गौडेलको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।
“साहित्यपोस्ट र गजल मुशायराको संयुक्त आयोजनामा सञ्चालित गजल प्रतियोगिताकाे पाँचाैँ सातामा उत्कृष्ट गजलहरू प्राप्त भएका थिए ।”, निर्णायकमध्येका करूण थापाले बताउनुभयो, “गजलको भाव तथा संरचना दुबैलाई ध्यानमा राखेर गरिएको निर्णायकहरूको भिन्न भिन्न मूल्याङ्कनबाट विजेताहरू घोषित गरिएको छ । तीन जनालाई मात्र पुरस्कृत गर्न सकिने सीमितताका कारण केही गजलहरू उत्कृष्ट हुँदाहुँदै पनि सर्वाेत्कृष्ट तीनमा अटाउन सकिएन ।”
प्रतियोगितालाई अस्ट्रेलियामा व्यवसाय गरेर बस्नुभएका डिला खरेल र उहाँको कम्पनी इनाभेटिभ एसोसिएट्सले प्रायोजन गरेकाे छ । पेसाले एकाउन्टेन्ट तथा वित्तीय परामर्श र बैङ्किङ सेवामा संलग्न खरेल साहित्य विशेष रुचि राख्ने भएका कारण यो प्रतियोगितासँग जोडिनुभएको हो ।
प्रतियोगिताका लागि जम्मा २८ वटा गजलहरु प्राप्त भएका थिए । सहभागिता जनाएर प्रतियोगितालाई भव्य बनाइदिनुहुने सम्पूर्ण गजलकारहरूप्रति आयाेजक गजल मुशायरा र साहित्यपाेस्ट दुबैले धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतियोगिता पचास सातासम्म लगातार चल्नेछ । हरेक साता पाठकले आफ्नो एउटा गजल तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट गजलहरुलाई हरेक साता पाँच सय नगद अथवा एक हजार रुपैँया बराबरको पुस्तकले सम्मान गरिने छ ।
त्यसैगरी पुरस्कृत गजलहरु रचनाकारका आवाजमा रेकर्ड गरी गजल मुुशायराको आधिकारिक च्यानलमार्फत् प्रशारण गरिने निर्णायकमध्येका एक तथा गजल मुुशायराका जितेन्द्र मल्लले जनाउनुभएको छ ।
वर्षको अन्त्यमा छानिएका १ सय ५० गजलहरूमध्येबाट पनि उत्कृष्ट तीन छानिने छन् । सर्वोत्कृष्ट तीनवटा गजल छान्दा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत भिडियोमा आएको रेस्पोन्स (लाइक, कमेन्ट र सेयरसहित, भिडियोको गुणस्तर) लाई ध्यानमा राखिने बताइएको छ । वर्षकाे अन्तिममा सर्वाेत्कृष्ट गजलहरूलाई ३० हजार, २० हजार र १० हजार नगद एवं गजलका केही महत्वपूर्ण पुस्तकहरूले सम्मान गरिनेछ ।
यसपटक छानिएका तीन गजलका सर्जकहरुलाई पाँच सय नगद अथवा एक हजार बारबरका पुस्तकले सम्मान गरिने छ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।
पढ्नुहाेस् पाँचाैँ साताका विजय गजलहरूः






यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
गजल प्रतियोगिताकाे एक्काइसाैँ चरण : गजल पठाउने अन्तिम समय ‘पुस ३’सम्म
१५ असार २०८३, सोमबार 








