साहित्यकार केदार सङ्केतको ‘अफगानी रणमैदान’ नामक आत्मपरक उपन्यास काठमाडौंमा एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार रोचक घिमिरेले शनिबार विमोचन विमोचन गर्नुभयो ।
कार्यक्रममा साहित्यकार ओम श्रेष्ठ रोदनले कृतिले शब्दमा चित्रात्मक अनुभूति गराउन सफल भएको बताउनुभयो। समालोचक नेत्र एटमले लेखकले भोगाइ कृतिमा उतार्न सफल भएको चर्चा गर्दै बर्बर युद्धको विरोध गरिएको जनाउनुभयो।
रचनाका प्रधान सम्पादक रोचक घिमिरेले रोजगारीको अवसर नपाएर विदेशिन बाध्य नेपालीको प्रसंग उल्लेख गर्दै दश वर्षको अवधिमा एथेन्सको झरी लगायतका कृति ल्याउन सफल लेखकले नेपाली साहित्यमा अझै सशक्त कृति दिने अपेक्षा गरेको बताउनुभयो।
साहित्यकार गोविन्द भट्टराईले यो युद्ध साहित्यको राम्रो किताब भएको बताउँदै यसको अङ्ग्रेजी भाषामा पनि अनुवाद भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा इल्या भट्टराईले यात्रा लेखन र अख्यानमा नौलोपन आएको बताउनुभयो।
बेलायतमा रहनु भएका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ सङ्केत भर्चुअल माध्यमबाट कार्यक्रममा जोडिनु भएको थियत्र ।
यस पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।
रामेछापको रस्नानु गाविसमा, माघ २०२६ मा जन्मिएर ब्रिटिस सेनामा सेवा गरी हाल बेलायतमा अवकाशपछि जीवन बिताइरहनु भएका साहित्यकार सङ्केतका आफैँ जलेको देश (कविता सङ्ग्रह २०६४), एथेन्सको झरी नियात्रा २०६७ (सुर्खेतको विश्व मध्यपश्चिमा विश्व विद्यालयमा बिएड कोर्समा समावेस), पैयुँका फूलहरू (हाइकु सङ्ग्रह २०६८), अफिम फुल्ने देशमा (खण्डकाव्य २०७०) लगायतका कृतिहरु प्रकाशित भैसकेका छन् ।
केदार सङ्केत साहित्यपोस्ट डटकमका नियमित स्तम्भकारसमेत हुनुहुन्छ । साहित्यपोस्टमा नियमित रूपमा प्रकाशित बन्दुक साहित्य शृंखला निकै लोकप्रिय छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।