अन्तराष्ट्रिय जर्नलहरूमा अनुदित नेपाली कविताको उपस्थिति न्युन रहेको साथै अन्तर्राष्ट्रिय कविता प्रतियोगिताहरूमा पनि मूल नेपाली भाषामा लेखिएका कविताहरू कम पुगेको अवस्थालाई मध्यनजर गरी हालै स्थापित संस्था इन्डिपेन्डेन्ट ट्रान्सलेसनले यो पक्षमा विशेष योगदान पुर्याउने उद्धेश्य लिएको कुरा संस्थापक द्वय नवीन क्षेत्री र मुकुल दाहालले जानकारी गराउनु भएको छ ।

अनुवादकै लागि स्थापित उक्त संस्थाले प्रमुखता दिएर नेपाली कविता र कथाहरूको स्तरीय अनुवादको सेवा उपलब्ध गराउने बताइए पनि उपन्यास विधालाई भने हाल समेटिएको छैन ।

बेलायतमा स्थापित संस्था भए पनि वेबसाइटमार्फत सम्पर्क गर्न सकिने भएकोले कुनै भौगोलिक सीमा नरहने दाहालले बताए । नेपालबाट अनुवाद गराउन चाहनेहरूका लागि छुट्टै अनुवाद शुल्क रहने कुरा पनि जानकारी गराइएको छ ।

संस्थामा सम्पर्क गर्नु परे र संस्थाले पुर्याउने सेवाहरूको विस्तृत जानकारी आवश्यक परे सेवाग्राहीहरूले संस्थाको वेबसाइटमार्फत् प्राप्त गर्न सक्नुहुने समेत जनाइएको छ । http://independenttranslation.co.uk मार्फत् यस किसिमको सेवा प्रदान गर्न थालिएको दाहालले बताउनुभयो ।

प्रमुख रूपमा नेपाली भाषामा केन्द्रित यस संस्थाले विभिन्न प्रकारका प्रशासनिक र कानुनी डकुमेन्टहरूको अनुवादको लागि हिन्दी लगायत अन्य भाषाहरू पनि समेट्ने गरेको उहाँले बताउनुभयो ।