धनकुटा । धनकुटाको तल्लो कोप्चे क्षेत्रमा काठमाडौंबाट भ्रमणमा आउनुभएकाे साहित्यकार अशेष मल्ल र गोविन्द गिरी प्रेरणाको उपस्थितिमा एक अन्तरङ्ग कवि गोष्ठी तथा साहित्यिक संवाद सम्पन्न भएको छ ।
अत्यन्त आत्मीय वातावरणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय तथा अतिथि कविहरूको सक्रिय सहभागिता रहेको थियो । गोष्ठीमा मुकुन्द प्रयास, केजी सुब्बा, निर्मला कुँवर, रमेशचन्द्र अधिकारी, रोशन परियार, वीरबहादुर लामा, योगेश नेवार, ललितकुमार वी.के., सन्देश सुब्बा, मैयाँ रसाइली सुवेदी, रेणु पौडेल, संजय सयल लगायतका स्रष्टाहरूले आफ्ना कविता वाचन गर्नुभएकाे थियाे ।
त्यसैगरी अतिथि कविका रूपमा सहभागी हुनुभएकाे अशेष मल्ल र गोविन्द गिरी प्रेरणाले पनि आफ्ना सिर्जना प्रस्तुत गर्दै साहित्यिक संवादलाई अझ समृद्ध बनाउनुभएकाे थियाे ।
कार्यक्रममा धनकुटाका पुराना कवि–लेखकहरूको सम्झना गर्दै उहाँहरूको योगदानबारे चर्चा गरिएको थियो । सहभागीहरूले यस्तो प्रकारका अन्तरङ्ग साहित्यिक भेटघाटले स्रष्टाहरूबीच आत्मीयता बढाउनुका साथै स्थानीय साहित्यिक गतिविधिलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 




