काठमाडौं । गजलकार सरोज सङ्गम रावलको नयाँ साङ्गीतिक गजल ‘दुनियाँ भुलेर आएँ’ सार्वजनिक भएको छ । लामो समयदेखि गजल लेखनमा सक्रिय रहँदै आउनुभएकाे सङ्गमको यो तेस्रो साङ्गीतिक गजल हो ।
उक्त गजलमा गायक विश्व नेपाली र गायिका बबिना भट्टराईको स्वर रहेको छ । गायिका भट्टराईकै युट्युब च्यानलमार्फत भिडियोसहित गजल सार्वजनिक गरिएको हो ।
गजलमा बबिना भट्टराईकै सङ्गीत रहेको छ भने सङ्गीत संयोजन साहस शाक्यले गर्नुभएको छ । भिडियोमा गायक तथा गायिकाकै अभिनय देख्न सकिन्छ भने निर्देशन केशवराज भट्टले गर्नुभएको हो ।
म्याग्दीका स्थायी बासिन्दा गजलकार सङ्गम हाल वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहँदै आउनुभएको छ । गजल र मुक्तक लेखनमा विशेष रुचि राख्ने सङ्गमका यसअघि ‘चञ्चल बनायौ तिमीले’ र ‘कदर भएन’ शीर्षकका साङ्गीतिक गजलहरू सार्वजनिक भइसकेका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ जेष्ठ २०८३, शुक्रबार 




