दिगो समाधान – हेम गुरागाई

लेखक हेम गुरागाईको उन्यास हो ‘दिगो समाधान’ । पुस्तकमा लेखकले पात्रहरुलाई मस्तिष्क नियन्त्रण गर्ने काल्पनिक व्यत्तिको रुपमा उभ्याएका छन ।
”मनमा हुटहुटी थियो एउटा कहानी लेखूँ भन्ने । लेखियो ।” पुस्तकमा लेखक हेम गुरागाई लेख्नुहुन्छ, ”उपन्यासको रूपमा अघि सारियो । सिद्धान्त र संरचनाको कसीमा यो कृति कति खरो उत्रियो भन्ने प्रश्नमा चाहिँ म आफूलाई नाबालक जत्तिकै अनभिज्ञ ठान्छु । विद्वान पाठक र समीक्षकले यस प्रश्नको टुङ्गो लगाइ‌दिनु हुने नै छ । केही पात्र र एकाध उपकथा बाहेक समग्रमा यो कृति काल्पनिक हो । यथार्थको धरातलमा रचिएको हुँदा यसमा तथ्यको नापजोख गरिने जोखिम छ । तथ्यकै खोजी गरिने र यो वा त्यो समेटिएन वा अतिरञ्जना वा अवमूल्यन भयो भन्ने जस्ता प्रश्न उठ्न सक्छन् । तर यो कृतिमा मैले इतिहास लेखेको होइन । कतिपय सन्दर्भमा तथ्य र यथार्थ चित्रण गरे पनि कथातत्व मूलतः काल्पनिक छ । मस्तिष्क नियन्त्रण सम्बन्धी प्रसङ्ग पूरापूर काल्पनिक हो । यस सन्दर्भमा ऐतिहासिक तथ्यको रूपमा नभई प्रतिकात्मक रूपमा लेख्ने कोसिस गरेको हूँ । अन्त्यमा, मेरा आफन्त, साथीभाइ र यस कृतिसँग कुनै न कुनै रूपले सम्बन्धित सम्पूर्णमा आभार व्यक्त गर्दछु । धन्यवाद ।”

विधाताले संसारको पल्लो छेउ पुऱ्यायो । यस्तै त रैछ नि ”इयूरेबल सोल्युसन” पनि । सकिएन अन्त्यहीन दुःखको सिलसिला । लोलाइरहेका थिए उसका आँखा । आँसु झरिरहेको थियो।।। अङ्गअङ्ग बिझाएजस्तो । यादहरु सल्बलाइरहेकै थिए मस्तिष्कका तन्तुहरुलाई धोवीघोची । मनका छेउकुनामा गैती हाने जसरी । निष्प्राण मुढोझै हल न चल बसेर उत्तरतिरबाट मडारिँदै आइरहेको कालो बादल । नेपालका राजा वीरेन्द्रले भारतको प्रभुत्व अस्वीकार गरेको सन्दर्भमा भूटानका राजाको मस्तिष्क नियन्त्रण गर्नु गान्धीले अनिवार्य ठाने । वीरेन्द्रले राजीव गान्धी र डाक्टरसँग भेट्न अस्वीकार गरेका कारण उनलाई गुलिब्लाइजरले सम्मोहित गर्न सम्भव भएन । सचेत भएर होस् वा कामादी विकारले ग्रस्त भएर होस्, यदि शरण परेको जो कोही पनि रक्षकको सामु नष्ठ भयो भने त्यस्तो रक्षकको सारा पुण्य, यश, कीर्ति नाश हुनुका साथै लोकद्वारा निन्दित हुनु पर्नेछ ।

पुस्तकलाई मिडिया रिसर्च सेन्टरले प्रकाशन गरेको छ । एक सय ८३ पृष्ठमा फैलिएको पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ ।