चन्द्रगढी । सशक्त नारी साहित्यकार सीता पाण्डेद्वारा रचित कविता संग्रह ‘टुकुनी खुशी र म’ माथि झापामा परिचर्चा गरिएको छ।

लेखनाथ पुस्तकालयले प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना गर्ने नियमित ‘अन्तिम शुक्रबारे’ कार्यक्रमअन्तर्गत कार्तिक २८ गते पुस्तकालयको प्रेक्षालयमा परिचर्चा सम्पन्न भएको हो।

कार्यक्रममा चर्चित कवि प्रकाश बुढाथोकी (दमक)ले कृतिकार पाण्डेको संक्षिप्त परिचय प्रस्तुत गर्नुभएकाे थियाे । त्यसपछि तारा विविधले कृतिको विषयवस्तु, भाषिक स्वरूप र प्रस्तुति शैलीबारे विस्तृत टिप्पणी गर्नुभएकाे थियाे । कार्यक्रममा साहित्यकार होम सुवेदी र गंगाप्रसाद ओलीले समकालीन नारी साहित्य र पाण्डेको लेखन यात्राको प्रसङ्गमा आफ्ना विचार राख्नुभएकाे थियाे ।

कोशी प्रदेशका पूर्वमन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्य र पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार सीता पाण्डेलाई सम्मान गरिएको आयोजकहरूले जानकारी दिनुभयाे ।

कार्यक्रममा केशव आचार्य, तुलसी भट्टराई, डा. स्मिता श्रेष्ठ, राजेश ढुंगाना, हरिप्रसाद न्यौपाने, उषा गुरुङ, दुर्गा सिग्देल, महेन्द्र दूरगामी, निर्मला बास्तोलालगायतका साहित्यकारले कविता वाचन गर्नुभएकाे थियाे । सहसचिव गोविन्द कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य महेन्द्र कोइरालाले दिनुभएकाे थियाे ।