पोखरा  । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा भइरहेको ‘कास्की आइडल–२०८२’ को पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ।

रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रम संयोजक आदर्श पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा ‘लाफा ग्रुप लिमिटेड’ का म्यानेजिङ डिरेक्टर एवं समाजसेवी जङ्गबहादुर थापाले आइडलले नयाँ प्रतिभालाई मञ्च दिन सफल भइरहेको बताउनुभयाे ।

सो अवसरमा वडा २६ का सदस्य सुदिप ढुङ्गाना, आजीवन संस्थापक सदस्य चन्द्रमणि पौडेल, कराते प्रशिक्षक विनोद नेगी, इन्जिनियर अनिल ढुङ्गानालगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । संस्थाका आजीवन सदस्य झलक गुरुङले कास्की आइडलको उद्देश्य, महत्त्व र प्रतिभा उजागर गर्ने भूमिकाबारे बोले। कार्यक्रममा सनम गुरुङले स्वागत गीत प्रस्तुत गर्नुभएकाे थियाे ।

पहिलो एलिमिनेसन राउन्डमा गायनतर्फ १४ प्रतिभा अर्को चरणका लागि छनोट भएकाे छ। छनाेट  सुशान्त भण्डारी, विशाल पाण्डे, दीप्सन दर्जी, विश्वास साधक, क्रिष्मा पौडेल, रोजिना घताने, सबिना परियार, अनुष्का पाण्डे, सन्तोष वि.क., सुरज परियार, दीपक सुनार, दीक्षा गुरुङ, शिखा पुलामी र श्याम सुनार रहनुभएकाे छ।

त्यस्तै नृत्यतर्फ १२ प्रतिभा अर्को चरणमा प्रवेश गरेकाे छ ।  कृपा वि.क., भीमकुमारी रोका, लिदिया सुनार, अक्षता सापकोटा, आकृषा पोखरेल, लोजिना पटेल, प्रशंसा सापकोटा, प्रनिशा लामिछाने, शिखा पुन, रिदम लिम्बु, क्रिस्टिना जिसी र एलिना राना मगर रहनुभएकाे छ ।

कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै अध्यक्ष पोखरेलले चयन हुनुभएकाे प्रतिभालाई बधाई दिनुभयाे । उहाँका अनुसार ‘कास्की आइडल २०८२’ प्रतिभा पहिचान र अवसर सृजना गर्ने उद्देश्यसहित निरन्तर अघि बढ्नेछ।