साहित्यपोस्ट सहकर्मी सुशीला राईको प्रेमगीत ‘सिकुरिमा’ प्रकाशनमा आउनेभएको छ । राईको शब्दमा किराती मिथकीय पात्र हेत्छाकुप्पा र सिकुरिमाको प्रेममा आधारित गीत प्रकाशनमा आउन लागेको हो ।
राईका अनुसार हेत्छाकुप्पा र सिकुरिमालाई किरात राईहरू आफ्नो पुर्खा मान्छन् । किरात राईहरू धेरै भाषी भएकाले आआफ्नो भाषामा हेत्छाकुप्पा र सिकुरिमालाई फरक फरक नामले पुकार्छन् ।
सुशीला राईको शब्द रहेको गीतमा सङ्गीत तथा सङ्गीत संयोजन आशकुमार राईको रहेको छ । मनमावी राई र कुमार प्रयास राईको आवाज रहेको गीतको रेकर्ड स्टुडियो किङमा सुरेश राईले गर्नुभएको हो ।
यस्ता छन् गीतका शब्दः
केटी : गाह्रो रै’छ हेत्छाकुप्पा माया डोरी फुकाउन ।
केटा : गाह्रै हुन्छ सिकुरिमा मनको माया लुकाउन ।
केटी: पत्थर थिएँ पगाल्यौ नि प्रेमको आगोले
बगिराथेँ अल्झायौ नि माछी पालुङले ।
केटा : एक्लो थिएँ, एक्लै डुल्थेँ खोलाजङ्गलतिर
सृष्टिसंयोग देखें तिमीलाई सुप्तुलुङनिर ।
केटी : दायाहुईलुङ जस्तै न्यानो तिम्रो सामिप्यता
कहिले आँशु कहिले हाँसो हाम्रो जीवनकथा ।
केटा : यो संसारै उज्यालो भो तिमीलाई भेटेपछि
शुन्दरखिम बनेको हो हामी दुई मिलेपछि ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
ग्राण्ड महफिल संवादः ‘गजलमा विवाद साहित्यका ठालुहरूले झिकेको अनावश्यक विषय हो’
१ मंसिर २०८२, सोमबार 








