
काठमाडौँ । नेपाली नाट्य साहित्यमा ऐतिहासिक मानिने मोहनराज शर्माको नाटक ‘वैकुण्ठ एक्सप्रेस’ पुनर्मुद्रण गरी इम्प्रिन्ट पब्लिसर्सले बजारमा ल्याएको छ । यो कृति विसं २०४२ मा मदन पुरस्कार प्राप्त गर्न सफल भएको एकमात्र नाट्य–किताब हो ।
‘वैकुण्ठ एक्सप्रेस’ अभिव्यञ्जनावादी र प्रयोगात्मक शिल्पमा संरचित नाटक हो । कथाकार, नाटककार तथा सम्पादक अविनाश श्रेष्ठका अनुसार, ‘वैकुण्ठ एक्सप्रेस मोहनराज शर्माको उत्कृष्ट कृति हो । तर, अहिलेसम्म नेपाली रंगकर्मीहरूको ध्यान नपुगेको र एकपटक पनि मञ्चन नहुनु विडम्बनापूर्ण छ ।’
स्वयं लेखक शर्माले पनि लेखेका छन्, ‘यो नाटक भित्री तहमा त्रासद छ, तर बाहिरिया तहमा चाहिँ हास्यपूर्ण र मनोरञ्जनात्मक छ ।’
इतिहासमै महत्वपूर्ण स्थान रहेको यो नाटकको पुनर्मुद्रणले समकालीन नाटककर्मी तथा साहित्यप्रेमीहरूलाई एकपटक पुनः यस कृतितर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

