अलिकति तरङ्ग अति धेरै भाव – उज्ज्वल राज भट्टराई
कवि उज्ज्वल राज भट्टराई को कविता सङग्रह हो अलिकति तरङ्ग अति धेरै भाव ।
कवि उज्ज्वल राज भट्टराईले कवितामा मानवीय संवेदना र प्रणयप्रेम चित्रण गर्नुभएको छ ।
”भौतिक उपस्थितिले खासै अर्थ राख्दैन साहित्यमा, महत्त्वपूर्ण हुन्छ उसको तन मन कहाँ छ भन्ने कुरा ।” पुस्तकमा प्रकाश समीर लेख्नुहुन्छ, ”अर्थ राख्छ त केवल उसका भावनाहरू कहाँबाट सुरु भएका छन्, उसको मनका तरङ्गहरू कता तरङ्गित छन् भन्ने कुराले राख्छ ।
हरेक कृतिको आफ्नो आफ्नोपन हुन्छ । प्रस्तुत कृति अलिकति तरङ्ग, अति धेरै भावमा पनि विशेषपन छ । उनी कविता लेख्दै गर्दा कवि मात्र होइन पाठक पनि बनेका छन् । वाचक पनि बनेका छन् । कविता वाचनकै लागि तयार गरिए जस्तै गरी लेखेका छन् । यसबाट उनको कविता कर्ममा कति गहिराइ छ भन्ने कुरा स्वतः बुझ्न सकिन्छ । कविताबाटै जीवन दर्शनका भोगाइहरू व्यक्त गरेका छन् । उज्ज्वलका कवितामा मायाप्रेम पाइन्छ । मायाप्रेमका रसास्वादन गर्न पाइन्छ । कवितामै एक्लो बनेका छन् उज्ज्वल, कवितामै संसार प्राप्त गरेका छन् । यी र यस्तै अनुभूतिहरूको संगालो हो ‘अलिकति तरङ्ग अति धेरै भाव’ । ”
त्यसैगरी पुस्तकमा ज्ञानु अधिकारी लेख्नुहुन्छ, प्रस्तुत सङ्ग्रहका अधिकांश कविता प्रेमिकालाई नै सम्बोधन गरेर लेखिएका छन् । प्रेममा समर्पित प्रेमी मनको आवाज र अनुभूतिलाई निर्बाधरुपमा पोखिएका कविताहरूमध्ये साथ छोड्ने छैन, आशाको पालुवा, भन्न चाहन्छु सधैसधैं, पर्खाइको कहालीजस्ता कवित प्रभावी छन् । प्रेमपरक भाव पोखिएका यी कविताहरू सबैमा कवि प्रेमिल मात्र बनेका छैनन्, कतै निराश पनि बनेका छन् । सयमा सय तिम्रो विश्वास भन्ने भाव व्यक्त गरेका कविले कविताको कुनै पानामा ( तिमीप्रतिको विश्वास पनि फगत एक मृगतृष्णा भएछ भन्ने भाव पोखेका छन् । सपनाको साँझ र बोध(बाँच्नु के हो ? जस्ता कविता भने प्रेमिल संवेदनाले निशुक्क भिजेका कविता हुन् । यसै गरी भिन्नता, निराशाको उचाइ, मृगतृष्णा, भ्रमित(दिग्भ्रमितजस्ता कविताहरू निराशा व्यक्त भएका कविता हुन् भने प्रकृति पनि मौन छ कवितामा विसङ्गिङ्क्तबोध व्यक्त भएको छ ।”
पुस्तकलाई सुनिता ढुङगानाले प्रकाशन गर्नुभएको हो । ५८ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










