
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले वि.स. २०८१ सालको विभिन्न विधाका प्रज्ञा पुरस्कारले १० जना स्रष्टालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले भाषा साहित्यको विविध क्षत्रमा योगदान गर्ने १० स्रष्टालाई जनही एक लाख रुपैयाँको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।
घोषणाअनुसार यस वर्षको ‘प्रज्ञा भाषा पुरस्कार’ भाषाविद् चूडामणि रेग्मीलाई प्रदन गरिने छ । यस्तै, दिल साहनीलाई ‘प्रज्ञा सामाजिकशास्त्र पुरस्कार’, डिक बान्तावालाई ‘प्रज्ञा संस्कृति पुरस्कार’, शारदारमण नेपाललाई ‘प्रज्ञा बालसाहित्य पुरस्कार’ र जसराज किरातीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (पद्य)’ प्रदान गरिने भएको छ ।
त्यसैगरी, साहित्यकार कृष्ण धरावासीलाई ‘प्रज्ञा साहित्य पुरस्कार (गद्य)’, डा. सुधा त्रिपाठीलाई ‘प्रज्ञा समालोचना पुरस्कार’, गोपीरमण उपाध्यायलाई ‘प्रज्ञा दर्शन पुरस्कार’, बलराम अधिकारीलाई ‘प्रज्ञा अनुवाद पुरस्कार’ तथा भवीलाल लामिछाने (भारत) लाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार’ प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रत्येक वर्ष प्रदान गरिने यी पुरस्कारको राशि १ एक लाख रुपैयाँ (प्रति पुरस्कार) रहेको छ।
यसअघि, ‘मातृभाषा साहित्य पुरस्कार २०८१’ पहाडी र हिमाली क्षेत्रतर्फ गणेश वाम्बुले राई र तराई-मधेश क्षेत्रतर्फ कमलसिं रानालाई प्रदान गरिसकिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

