
धनगढी । साहित्यकार कैलासकुमार पाण्डेयको कथासंग्रह ‘नयातल’को विमोचन भएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘नयातल’को विमोचन गर्नुभएको हो ।
गीत, गजल तथा कवितामा कलम चलाउँदै आउनुभएका पाण्डेयको ‘नयातल’ सातौं कृति हो । यो कृतिमा २२ वटा कथा रहेका छन् । लैङ्गिक, जातीय, कु–प्रथा लगायतको विषयवस्तु समेटिएको कृतिमा पशुबलिदेखि मानवबलिसम्मका कथा समेटिएको छ । आञ्चलिकता,विविधता,सामाजिक मुद्दाको उठान र समाधान पनि कथामा समेटिएको छ।
तुलसी शर्माले कृतिमाथि समीक्षा गर्नुभएको कार्यक्रम समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो । समाजका महासचिव गणेश नेपालीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष टोपेन्द्र शाहले गर्नुभएको थियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
