वरिष्ठ लघुकथाकार खेमराज पोखरेलको नवीनतम लघुकथासङ्ग्रह हो, ‘एकालाप’ । यस कृतिमा जीवन र जगत्, पूर्वीय र पाश्चात्य समाज, नेपाल र विदेशका समस्या, पीडा तथा अन्तरविरोधहरूलाई पोखरेलले प्रस्तुत गरेका छन् ।
‘सङ्ग्रहमा रहेका धेरैजसो लघुकथाहरू व्यङ्ग्यात्मक र प्रतीकात्मक छन् । समाजमा रहेका विकृति–विसङ्गति र अन्धविश्वासप्रति व्यङग्य गर्न पोखरेल निपुण छन् ।’, भूमिकामा डा. हरिप्रसाद भण्डारी लेख्छन्, ‘उनका लघुकथामा एकातिर स्वरैकल्पनाको प्रयोग भएको छ भने अर्कोतिर दार्शनिक पक्षलाई पनि उनले धेरै लघुकथामा प्रवेश गराएका छन् । व्यङ्ग्य, प्रतीक, स्वरैकल्पना आदि शैलीको कुशल प्रयोगले गर्दा उनका लघुकथाहरू उम्दा बनेका छन् ।’
त्यस्तै, पुस्तको अन्तिम कभर पृष्ठमा मोलुङ पाउन्डेसनका अध्यक्ष प्रा.डा. भूपप्रसाद धमला लेख्छन्, ‘वास्तममा लघुकथा भनेकै आजको व्यस्त र नानो युगमा आख्यान पढ्ने इच्छाको अचुक औषधि हो । त्यसैले उनका लघुकथामा ‘गागरमा सागर’ वा ‘ए नोभेल इन अ पाराग्राफ’ जस्ता सिम्बोलिक प्रस्तुति पाइन्छ । समसामयिक विषयवस्तु समेटिएको यस्तो सुन्दर कृति प्रकाशन गर्न पाउँदा मोलुङ फाउन्डेसन गौरव महसुस गर्छ ।’
७१ थान लघुकथाहरू सङ्ग्रहित पुस्तकलाई मोलुङ पाउन्डेसनले प्रकाशनमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










