हेटौंडा । रोयल पार्टी प्यालेस, हेटौँडामा मातृभूमि साहित्य समाज मकवानपुरको रचना वाचन कार्यक्रमका साथै संस्थाको २४ औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएकाे छ ।

समाजका अध्यक्ष माधवबहादुर पोखरेलको सभाध्यक्षयता र वरिष्ठ साहित्यकार गणेशप्रसाद लाठको प्रमुख आतिथ्ययतामा आयोजित कार्यक्रममा विशिष्ट अतिथिका रूपमा काव्यकार मुना अर्याल र मुक्ति गोविन्द वैद्य हुनुहुन्थ्यो ।

कार्यक्रममा मकवानपुर सर्जक सञ्जालका संयोजक निमेष निखिलले शुभकामना मन्तव्य राख्दै मातृभूमिले गर्दै आएको कार्यक्रमहरू र गतिविधिहरूको बारेमा चर्चा गर्नुभएको थियो ।

उक्त वार्षिक साधरण सभाको विशेष अधिवेशनले समाजकाे ११ सदस्यीय कार्यसमितिका पदाधिकारीहरू सर्वसम्मतिले घोषणा भएको थियो । नयाँ कार्यसमितिमा अध्यक्ष कृष्णप्रसाद दाहाल, उपाध्यक्ष हेमन्तकुमार ढुङ्गेल, महासचिव मञ्जु खराल, सचिव किशन पौडेल, कोषाध्यक्ष निरा शर्मा तथा सदस्यहरूमा सानु खनाल, श्याम प्रसाद श्रेष्ठ, वैकुण्ठ लामिछाने, गोपिनी गौतम, मिथिला अधिकारी, प्रद्युम्न उपाध्याय चयन हुनुभएको छ ।

निर्वाचन समितिको संयोजकमा ह्ययग्रीव आचार्य र सदस्यद्वय अधिवक्ता अप्सरा बस्नेत र चूडाराज उप्रेती रहनुभएको थियो ।

कार्यक्रमलाई मातृभूमिका महासचिव हेमन्त ढुङ्गेलले सहजीकरण गर्नुभ‌एको थियो भने उपाध्यक्ष कृष्णप्रसाद दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा मातृभूमि साहित्य समाज, मकवानपुरका विशिष्ठ आजीवन सदस्य, प्राध्यापक, अधिवक्ता, सामाजिक अभियन्ता, राजनीतिकर्मी, समाजसेवीलगायतकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे ।

रचना वाचन कार्यक्रममा चितवन, जुम्ला र मकवानपुरका दुई दर्जन साहित्यकारले आफ्नो रचना वाचन गर्नुभएको थियो ।