लेखक विन्दु सुवेदीको ‘युरोप यात्राका संस्मरण’ नामक पुस्तकको एक कार्यक्रमका बिच सार्वजनिक भएकाे छ । डा. अञ्जना वस्ती भट्टराईको प्रमुख आतिथ्यतामा उक्त कृतिकाे लोकार्पण गरिएकाे हाे ।

साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नियात्राकार श्रीओम श्रेष्ठ रोदनले पुस्तकको बारे संक्षिप्त समीक्षात्मक टिप्पणी गरेका थिए ।

नियात्राकार विन्दु सुवेदीले आफ्नो कृतिका बारेमा संक्षेपमा बोलेकी थिइन् भने सभापतिको मन्तव्यमा जलेश्वरी श्रेष्ठले महिला साहित्यकारहरूको योगदानबारे चर्चा गरेकी थिइन् ।

कार्यक्रमको अन्त्यमा स्रष्टा सुवेदीका पुत्रद्वयको साङ्गीतिक प्रस्तुतिसमेत रहेकाे थियो ।

कार्यक्रमको सञ्चालन रविन परियारले गरेका थिए । पुस्तक सेर्गेम प्रकाशन गृह दमकले प्रकाशित गरेको हो ।