साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई पत्रकार तथा कवि विजु सुवेदी ‘विजय’को आख्यानात्मक कृति हो “शान्ति सम्झौता” प्राप्त भएकाे छ ।
२ सय ५ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘नयाँ राम’, ‘विजय र शपथ’, ‘तीन भेट’, ‘शान्ति सम्झौता’, ‘शहीद’ लगायत अन्य १० वटा कथा सङ्ग्रहित छन् । राजनीतिक, सामाजिक, पारिवारिक विषयमा आधारित कथाहरू विशिष्ट छन् । पात्रहरूको सशक्त प्रयोगले कथाहरू जीवन्त छन् ।
“साहित्यले थोरै अनि सरल बोलेर सटिक रूपमा अत्यन्त धेरै बोल्न सक्छ । यो कविताको यी दुई हरफहरूले पनि जनताले दयनीय रूपमा पराकाष्ठासम्म खपेका यातनाको व्यापक यथार्थको दारुण चित्रण भएको छ ।” आफ्नो कथनमा लेखिएको छ, “यसरी जनताले कति खप्ने ? अनि कति कहर सहेर बस्ने ? कति सङ्कुचित भई बस्ने ? कि अब परिवर्तन हुन्छ भनेर । जनतालाई नभई नहुने कपास, शिक्षा, स्वास्थ्य, रोजगार, खाद्यान्न, वासजस्ता अत्यावश्यक कुराहरू अझै पनि सर्वसुलभ रूपमा ग्यारेन्टीका साथ पाइरहेका छैनन् । धनी र गरिबबिचको दायरा झनै बढ्दै गइरहेको छ । अर्कोतिर राज्यले अकुत सम्पत्ति हुनेहरूलाई सम्पत्तिको सीमा तोक्न सकेन । यी यसरी सीमा तोक्न सकेको भए त्यो बढी सम्पत्ति अभावग्रस्त जनतामाझ समान वितरण गर्न सकिन्थ्यो । यसरी कार्यान्वयन पक्ष फितलो भइरह्यो । शहीदको अपमान व्याप्त भइरह्यो ।”
पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










