प्रणय शङ्कर साहित्यपोस्ट ग्लोबल टोलीको एक हिस्साको रूपमा भारतको लागि साहित्यपोस्ट अंग्रेजीको सम्पादकीय संयोजकको रूपमा नियुक्त भएका छन्।
उनी भारतको दार्जिलिङको रंगबुल गोर्खा बस्तीका बासिन्दा हुन् र पेशाले बैंकर । उनले भर्खरै नेपालीमा आफ्नो पहिलो काव्यसंग्रह काँसभाँडा प्रकाशित गरेका छन् र साहित्य समालोचनाको पुस्तक प्रकाशित गर्ने योजनामा छन् ।
“उनको नियुक्तिले भारतमा रहेका नेपाली र गोरखा जातिसँग जोडिएका नेपाली र अंग्रेजी लेखक तथा अनुवादकहरूसँग थप सम्पर्क हुने विश्वास लिएका छौं । साहित्यपोस्ट एक यस्तो मञ्च हो जसले स्थापित र नँया नेपाली र अंग्रेजी लेखक र कविहरूलाई अवसर प्रदान गर्दछ, ”साहित्यपोस्ट अंग्रेजीका सम्पादकीय सल्लाहकार शरद प्रधानले भन्छन्।
“नेपाली र अङ्ग्रेजी साहित्यमा उत्कृष्टता हासिल गर्ने प्रयासमा हामी नँया लेखक तथा कविहरूलाई सबै प्रकारको सहयोग गर्न चाहन्छौं। हामी भारतका सबै नँया र स्थापित लेखक, कवि र अनुवादकहरूलाई उनीहरूको लेख रचना र कविता पठाउनको निम्ति शङ्करलाई सम्पर्क गर्न अनुरोध गर्दछौं। हामी साहित्यपोष्टले गर्ने काम, यस्ले साहित्यलाई गर्ने सहयोग र भारतीय नेपाली सहित्यलाई कसरी टेवा पुराउन सकिन्छ भन्ने बृहत छलफलको निम्ति छिट्टै दार्जीलिड, सिलगडी, सिक्किम, कालेबुङ तिर आउने सोच बनाईरहेका छौं ।“



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 






