हेटौँडा, वैशाख ३० / सर्जक सञ्जाल मकवानपुरले भ्रष्टाचारविरुद्ध कविता वाचन कार्यक्रम आयोजना गर्ने भएको छ ।

बैशाख ३१ गते आइतबार साँझ ५ बजे हेटौँडाको बुद्धचोकमा कविता वाचन कार्यक्रम आयोजना गरिने सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले जानकारी दिनुभएको छ ।

साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेले कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण सदस्य लगायत सर्जकहरूलाई अनुरोध गर्नुभएको छ ।

आँचल साहित्य कलापुञ्जकी अध्यक्ष भावना सापकोटाले वाचन कार्यक्रममा सहभागिता जनाउन आफू उत्सुक रहेको बताउनु भयो ।

साथै प्रलेस मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि‌अनित्य, झरना साहित्य परिवारका अध्यक्ष विश्वनाथ सञ्जेल, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डिबी बर्तौलालगायतका सर्जकहरूले ऐक्यबद्धता रहेको बताउनु भ‌एको छ ।

देशव्यापीरूपमा‌ सञ्चालित यस अभियानमा सर्जकको समेत दायित्व हुने हुँदा समाजमा कला, साहित्यमार्फत् सम्पूर्ण सर्जकहरू समावेश हुनुपर्ने प्रस्तावित बकैया वाङ्मय प्रतिष्ठान संयोजक दीपक गौतमले बताउनुभयो ।

भोलिको कार्यक्रममा उल्लेख्य सहभागिता रहने बताउँदै संयोजक निमेष निखिल, पुरूषोत्तम आचार्य, किशन पौडेल, जीवन तिमल्सिनालगायत सर्जकहरूले सामाजिक सञ्जालमार्फत् कविता वाचनमा सहभागी हुन सबैलाई आव्हान गर्नुभएको छ ।