
रमेशचन्द्र घिमिरे
जान दिन्न समयलाई अँध्याराले थुन्छु
कति सुनाऊँ आफ्ना कुरा तिम्रा पनि सुन्छु
आफ्ना मनका कुरा जे छन् नलुकाई खोल
मैले मात्र कति बोलूँ तिमी पनि बोल
नबोले नि बस्न देऊ हिर्दयको माझ
पराइ हैन आफन्ती हुँ केको मान्छ्यौ लाज
जहाँ जहाँ हुन्छ्यौ तिमी म पनि त्यैँ हुन्छु
कति सुनाऊँ आफ्ना कुरा तिम्रा पनि सुन्छु
सुन्न खोज्दाखोज्दै बोली रात जान आँट्यो
उज्यालाले अँध्याराले भगाई लान आँट्यो
बिग्रेला कि मेलोमेसो झट्ट पैँचो तिर
उघारै छ दिलको ढोका नलजाई छिर
तिम्रो दिलको कुनाकुना मैले अब छुन्छु
कति सुनाऊँ आफ्ना कुरा तिम्रा पनि सुन्छु ।
मध्यनेपाल नगरपालिका-६
भोर्लेटार, लमजुङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 










