मुरारीराज मिश्र

मध्य रातमा
झ्याउँकिरीकाे स्वर
मीठो सङ्गीत !
तिम्रै झझल्को
चन्द्रमा उदाउँदा
पागल मन !
आगाे बलेझैँ
वनकाे रुखभरि
गुराँस फुल्याे !
काठे भऱ्याङ
धमिराेले खाएछ
उत्तानो टाङ !
उत्कर्ष प्रेम
अतालियाे भँवरा
फूलले थुन्याे !
तारेकाे माछाे
पाैडियाे कराहीमा
हरर्र वास्ना !
हिउँका थुम्का
चाँदीसरि टल्किए
घाम पाेखियाे !
भदाैरे घाम
खुर्सानीकाे बिस्कुन
आशे किसान !
झरीकाे गीत
बलेसीकाे सङ्गीत
ट्वार्र भ्यागुतो !
थाेपाहरूले
सुरु गरे विद्रोह
समुद्र सुक्याे !
वर्षाकाे रात
बादललाई ओढ्दै
चन्द्र निदायाे !
    *****
कामपा-७, कुमारीगाल