

बेला कुबेला राजधानी कर्णालीको कुरा गरेर
बाँकी चुपचाप सुत्छ राष्ट्रवादको रहर पुरा गरेर ।।
दिन खोज्दैन एकै पटक समृद्धिको सौगात सरकार
भोटको लागि किस्ताबन्दी माया औँठी चुरा गरेर ।।
एउटै देशमा दुईटा निती आखिर कहिले सम्म भेग हरी
बाचा गर्छन् मत लान्छन् नेता विकास सधैँ अधुरा गरेर ।।
कर्णालीलाई सधैँ हेला कर लगी तर खान्छ सिंहदरबार
कर हैन कर्णाली,राजधानीलाई पठाऊ कोसेली चक्कु छुरा गरेर ।।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू