लेख्नेले तिमीलाई जिन्दगी, मलाई याद लेखिदियो कि !
तिमीले झैं खुसीको बीच पाना नै च्यातिदियो कि !
सबथोक बिक्दा नि कहिल्यै नबिकेको तिम्रो मन
पीर लाग्छ केही पनि नबिक्दा बिकिदियो कि !
हावा वेगले चल्दा पनि तीन ठाउँ भाँचिन्छु म
पराइले तिम्रो खुसीको चिउला पो लुछिदियो कि !
जब जब नदी धमिलो बग्छ, जिउ नै सिरिङ्ग हुन्छ
कसैले तिम्रो दाहिने आँखामा घोचिदियो कि !
हुलाकीको रङको झोला देख्दा नि आश लाग्छ
कतै बिर्सी जानेले पो बिर्सेर सम्झिदियो कि !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला