मित्र ‘उराठी’ गौतम

होच्याएर अरूलाई आफू ठूलो देखाउँछौ
जान्ने सुन्ने मै मात्र हुँ भन्दै नाम लेखाउँछौ ।

चाकडी र चाप्लुसीको संयोजन मिलाउँदै
अवसर र मौकाहरू सबै आफैँ छेकाउँछौ ।

कस्तोसँग बोल्न जान्या दुईजिब्रे भाषा तिमी
निमुखाको आगामाथि आफ्नो रोटी सेकाउँछौ ।

आदर्शका कुरा गर्दै जुको बनी भित्र पसी
स्वार्थ पूरा गरेपछि असली रूप टेकाउँछौ ।

होच्याएर अरूलाई आफू ठूलो देखाउँछौ
जान्ने सुन्ने मैमात्र हुँ भन्दै नाम लेखाउँछौ ।

अमरपुर -गुल्मी