रमेश र भुपेन्द्र एउटै विद्यालयमा सँगैसँगै पढेका साथीहरू हुन् । क्याम्पस पढ्दा छुट्टिए पनि मित्रता निरन्तर थियो । उनीहरू क्याम्पसपछि जागिरका क्रममा फरक-फरक सेवामा प्रवेश गरे ।जागिरपछि भेटघाट पातलिँदै गए पनि सामाजिक सञ्जालले उनीहरूबीचको निकटता थपिदिएको थियो ।फेसबुकमा राख्ने फोटा र स्टाटसमा दुवैले एकापसमा लाइक, कमेन्ट
गरिरहेकै हुन्थे ।
यस वर्ष रमेश आफ्नो सेवामा उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत भयो ।पुरस्कार वितरण समारोहका फोटाहरू उसले फेसबुकमा अपलोड गऱ्यो ।फेसबुक भित्तामा बधाई र शुभकामनाको ओइरो लाग्यो ।
रमेशले फेसबुकमा कमेन्टहरू पढ्दै यथोचित प्रतिक्रिया लेख्दै गयो तर यति धेरै कमेन्टहरूबीच पनि उसले भुपेन्द्रको कमेन्ट कतै भेटेन । केही दिनसम्म रमेशले कमेन्टबक्स खोल्दै हेर्दै गऱ्यो तर अहँ भुपेन्द्रको कुनै कमेन्ट भेटेन ।
रमेशलाई अनौठो लाग्यो । उसले झल्याँस्स सम्झियो चल्तीको उखान – “सिस्नाले पोल्यो मनमनै ।”
इस्मा-६, अमरपुर- गुल्मी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।