सुन्दर शिरीष
दुई हजार वर्षअघि–
रोम जल्दै थियो
निरो बाँसुरी बजाउँदै थियो ।
यता अहिले–
संसद् भवनअगाडि
‘प्रेम’हरू जलिरहेका छन्
सरकारका ठेकेदारहरू
जलिरहेको देहबाट
उठेको आगोको विद्रोही चित्कारमा
सत्ताको नलिहाड फुक्दै
बजाइरहेछन् कर्कस धुन
तपाईंलाई लाग्ला–
चित्कारका लप्कामाथि
शासक कसरी संगीतमा झुम्न सक्छ ?
किनकि–
तानाशाहहरू संवेदनामाथि
खेलबाड गर्नु मनोरञ्जन ठान्छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला