साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सपना तेर्साएरै

राजन ढकाल, म्यान्मा

मायाको रथ हाँकेको थिएँ, सपना तेर्साएरै
तिम्रै साथ खोजेको थिएँ, सपना तेर्साएरै ।

bahulako diary small and inside post

सफल विफलको वास्ता भएन त्यतिखेर
जतिखेर मन चोरेको थिएँ, सपना तेर्साएरै ।।

यो मुटुमा कताकता तिम्रै खाटा बसिसकेर
तिमीमै विलय भएको थिएँ, सपना तेर्साएरै ।

साँघुरीएको मन फराकलो बनाएर जानू
प्रेम प्रस्ताव राखेको थिएँ, सपना तेर्साएरै ।।

पैदल भयो मेरो यात्रा भेट्न सकिन तिमीलाई
सजिलै भेट्ने सोचेको थिएँ, सपना तेर्साएरै ।

प्रतिक्रिया
Loading...