दामोदर पुडासैनी

अहिले भर्खरै
हामी सबैलाई
सुलुत्तै निल्न जाइलाग्यो एउटा समय
हाम्रो सामु हार्नुपर्छ कलुषित समयले
अबको समय
मान्छेको जीतको समय हुनुपर्नेछ
मान्छे बिना यो सँसार हुनुको कुनै अर्थ छैन

तिम्रो अनुहार
उज्यालो र हँसिलो देखेपछि मात्र
सुकिलो हिमाल बन्छ मेरो मुहार
सबेरैदेखि
म तिमीसँगको माया बारे सोचिरहेछु
तिम्रो माया पाएपछि
फरक ब्रयाण्ड र ट्रेडमार्कमा स्थापित भएको छ
प्रेमको परिभाषा
मान्छे मान्छेको प्रेमको नयाँ परिभाषा
र मान्छे फैलाउँने नयाँ सूत्र
फिँजाउँने जिम्मा छ तिमी र मा
अवको समय
एक निमेषपनि खेर जानेछैन हाम्रो मुट्ठीबाट

तिम्रा आँखामा सजिएका सुन्दर सपना
र मनमा सजिएका असीम ईच्छाहरू
हर्षका नदी बनेर फैलियुन पर परसम्म

समय लज्जावती उभिएकोछ
आऊ,हामी मिलेर खोलौ
यसको रँगिन घुम्टो
र हेरौ समयको चमत्कारिक अनुहार

-२०७७ बैशाख १ गते बिहान ७.३० बजे

तिम्रो अनुहार
उज्यालो र हँसिलो देखेपछि मात्र
सुकिलो हिमाल बन्छ मेरो मुहार
सबेरैदेखि