(लघुकविता)
जतिपटक गाँठो परेपनि फुस्किँदैजाने
र जतिपटक फुकेपनि बाँधिदै जाने
एउटा डोरीको कथा हो यो
जसले जिन्दगीको घामछायाँमा
कहिले तिमीलाई बाँध्यो
कहिले मलाई बाँध्यो
कहिले मनको झरीलाई बाँध्यो
कहिले क्रोधको हुरीलाई बाँध्यो
भोक तिर्खा र अभावलाई बाँध्यो
कहिले प्राप्ती र तृप्तिलाई बाँध्यो
कहिले प्रेमको मुस्कानलाई बाँध्यो
कहिले धृणाको धारलाई बाँध्यो
कहिले जीतको खुसीलाई बाँध्यो
कहिले हारको रोदनलाई बाँध्यो
निष्टुरी भनेपनि प्रेमिल भनेपनि
जिन्दगी त्यही डोरीमा बाँधिएको हुन्छ
जस्ले जिन्दगीभरी सासलाई बाँधेको हुन्छ
र अन्तमा आफ्नै लासलाई बाँधेको हुन्छ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१५ असार २०८३, सोमबार 










