म त कथा मात्र हुँ
लेख्ने कलम उनकै हुन्छ
हरेक चोट निको गर्ने
मनको मलम उनकै हुन्छ
मेरो त जिन्दगी भन्नु मात्रै हो
उनको ढुकढुकी हुँदा मात्रै
मेरो पनि ढुकढुकी हुन्छ

यो सिंगै ब्रमाण्डको कसम – प्रिय

तिम्रो पाइला जहाँ राखे पनि
कि त फूल नै हुन्छ
कि त मेरो हृदय नै हुन्छ ।
—————–

अर्कै घाम जून

सुख दु:खको घाम जून
अर्कै हुँदोरैछ –

खुशी उदाएको बेला पीर अस्ताउने
पीर उदाएको बेला खुशी अस्ताउने

यो पीर र खुशीको जिन्दगी
तिम्रो मायाको भरोसा पाउँदा मात्र
जिन्दगी – जिन्दगी जस्तो हुँदोरैछ

कतिसम्म आधाआधा गर्छौ सास – प्रिय

तिम्रो श्वास प्रश्वासमा अल्झेको
प्रीतिको साँझ बिहान मात्र –
मेरो आफ्नो बिहान जस्तो हुँदो रैछ
मेरो आफ्नो साँझ जस्तो हुँदो रैछ ।

चैनपुर, संखुवा सभा
हाल: रातोपुल , काठमाडौँ