बिहानीका पालुवाझैँ बढ्छन् जेन-जी पुस्ता,
विकासका दियोहरू बाल्दै सुस्तसुस्त।
निरङ्कुश शासन अनि दमन, अत्याचार,
राम्रो काम गर्नुपर्छ, मार्छौ भ्रष्टाचार।
घरबाट निस्केका थिए, आउँछु आमा भरे,
यो देशका वीर सपूत भएर नै मरे।
भनेका थियौ, ठेस लाग्छ सधैँ यात्रा गर्दा,
ज्यानै दिनुपर्छ देशलाई अप्ठ्यारोमा पर्दा।
कोहीको जोड नेता लुट्ने, कोहीको जोड कुट्ने,
कोहीको जोड जनतालाई कताबाट भुट्ने।
घुसपैठ भएको छ आन्दोलनको नाममा,
सार्वजनिक सम्पत्तिलाई नष्ट गर्ने काममा।
आशा गरौँ यो देशले राम्रो बाटो लेला,
सुरु गरौँ अबदेखि जिन्दगीको मेला।
बाहिर हेर्दा देखिँदैन, हिँड्छन् राम्रो बनी,
उस्तै हुन्छन् सम्पत्तिमा आगो लाउने पनि।
सल्लाहमा बढौँ अब, नयाँ बाटो खोजौँ,
यो देशलाई धान्न अब व्यक्ति मात्र रोजौँ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 




