स्वप्नहरू फल्ने स्टिलका शहरमा
रातको आकाश पनि एलइडीले झलमल
तारा हेर्ने फुर्सद छैन कसैलाई
किनभने ग्याजेटभित्र अर्को ब्रह्माण्ड छ
अल्गोरिदमले निर्धारण गर्छन् सम्बन्ध
मनका स्पन्दनहरू डाटामा रूपान्तरित
एउटा क्लिकले प्रेम जन्मिन्छ
अर्को स्वाइपले बिछोड हुन्छ
ग्लोबलाइजेसनको चक्रमा
धर्ती एउटा कोड बनिसकेको छ
सीमाहरू मेटिँदै छन् डिजिटल नक्शामा
तर दिलका दूरी अझै घटेका छैनन्
विज्ञानको शक्ति अचम्मै छ
मानिसले कृत्रिम सूर्य बनाइसक्यो
तर मनभित्रको अँध्यारो हटाउन
अझै कुनै प्रविधि जन्मेको छैन
विज्ञानको खेल हो कि तक़दीरको?
रोबोटसँग जीवन बाँड्ने समय आयो
तर प्रश्न उही छ—
“के हामी अझै पनि मानव छौँ?”
पेरिस, फ्रान्स



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 









